जनमत पार्टीका निलम्बित कोषाध्यक्ष यादव ठगी र विश्वाघात मुद्दामा पक्राउ
ललितपुर प्रहरीमा उनीबिरुद्ध ठगी र आपराधिक विश्वासघात बिरुद्धको जाहेरी दर्ता भएको छ। उनलाई अनुसन्धानका लागि ललितपुर पठाइने एसपी खतिवडाले जानकारी दिए।

२०८२ बैशाख ७ आइतबार, बेलुकी ७:१७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनमत पार्टीका केन्द्रिय कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई प्रहरीले पक्राउ गरेको छ।
उनी सप्तरीको राजविराजबाट पक्राउ परेका हुन्। जनमत पार्टीबाट आर्थिक हिनामिनाको आरोप लागेका यादव अहिले निलम्बनमा रहेका छन् ।
जिल्ला प्रहरी परिसर ललितपुरको पत्रको आधारमा उनलाई पक्राउ गरिएको सप्तरीका एसपी ढकेन्द्र खतिवडाले बताएका हुन्।
ललितपुर प्रहरीमा उनीबिरुद्ध ठगी र आपराधिक विश्वासघात बिरुद्धको जाहेरी दर्ता भएको छ। उनलाई अनुसन्धानका लागि ललितपुर पठाइने एसपी खतिवडाले जानकारी दिए।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…