
न्यूज ब्यूरो, जनकपुरधाम । देशको ठुलो विद्युत सव स्टेशन ढल्केवर ग्रीडमा बुधबार आगलगी हँदा विद्युत अवरुद्ध भएकोमा सिटी रिकभर गरिएको छ ।
नेपाल विद्युत प्राधिरण मधेश प्रदेशका प्रमुख शम्भु कुसियैत यादवले ढल्केवर ग्रीडमा आगलगी भएपछि भएको विद्युत आपूर्ति अवरुद्ध अब नहुने जनाएका छन् ।
न्यूज ब्यूरोसँगको कुराकानीमा प्रमुख यादवले बुधबार भएको सिटी ब्लास्ट र आगजनीपछि मेसिन रिकभर गरिएको हो । बुधबारदेखि नै अवरुद्ध रहेको लाईन निर्वाध रुपमा प्रसारण हुने उनले बताएका छन् । पावर ट्रान्सर्फमरमा समस्या भए पनि ढल्केवर वाट प्रसारण हुने सम्पुर्ण लाईन सुचारु भएको बताए ।
विहिबार नेपाल विद्युत प्राधिकरणका नयाँ निर्देशक हितेन्द्र देव शाक्यले ढल्केवर ग्रीड प्रसारण लाईनको नीरिक्षण गरेका छन् । शाक्यले कुनै बहानामा विद्युत आपूर्ति बन्द नगर्न निर्देशन दिएको प्रमुख यादवले बताए ।
ढल्केवरबाट प्रसारण हुने सबै लाईन सुचारु भईसकको जनाउँदै प्रमुख यादवले विभिन्न फिडर वा वितवरण केन्द्रमा हावाहुरीको कारण अवरुद्ध भएको हुन सक्ने बताएका छन् । यदूकूहा फिडरमा लाईन अवरुद्ध नै रहेको छ ।
जनकपुरः बिहेको २२ दिनमै जेठानीसँग नवदुल्ही फरार, परिवारमा बिच्चली
- २०८२ बैशाख ४ बिहीबार
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा बिहे भएको २२ दिनमै एक नवदुल्ही र जेठानीसँगै फरार भएपछि परिवारमा बिच्चली भएको छ । धनुषाको धनौजी गाउँपालिका वडा नम्बर २ धनौजी गाउँ बस्ने स्थानीय अनिल
पूरा पढ्नुहोस्