ढल्केवर लाईन ग्रीडको सिटी पूर्णरुपमा रिकभर, लाईन अवरुद्ध नगर्न निर्देशक शाक्यको निर्देशन
ढल्केवरबाट प्रसारण हुने सबै लाईन सुचारु भईसकको जनाउँदै प्रमुख यादवले विभिन्न फिडर वा वितवरण केन्द्रमा हावाहुरीको कारण अवरुद्ध भएको हुन सक्ने बताएका छन् । यदूकूहा फिडरमा लाईन अवरुद्ध नै रहेको छ ।

२०८२ बैशाख ४ बिहीबार, राति ९:११ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । देशको ठुलो विद्युत सव स्टेशन ढल्केवर ग्रीडमा बुधबार आगलगी हँदा विद्युत अवरुद्ध भएकोमा सिटी रिकभर गरिएको छ ।
नेपाल विद्युत प्राधिरण मधेश प्रदेशका प्रमुख शम्भु कुसियैत यादवले ढल्केवर ग्रीडमा आगलगी भएपछि भएको विद्युत आपूर्ति अवरुद्ध अब नहुने जनाएका छन् ।
न्यूज ब्यूरोसँगको कुराकानीमा प्रमुख यादवले बुधबार भएको सिटी ब्लास्ट र आगजनीपछि मेसिन रिकभर गरिएको हो । बुधबारदेखि नै अवरुद्ध रहेको लाईन निर्वाध रुपमा प्रसारण हुने उनले बताएका छन् । पावर ट्रान्सर्फमरमा समस्या भए पनि ढल्केवर वाट प्रसारण हुने सम्पुर्ण लाईन सुचारु भएको बताए ।
विहिबार नेपाल विद्युत प्राधिकरणका नयाँ निर्देशक हितेन्द्र देव शाक्यले ढल्केवर ग्रीड प्रसारण लाईनको नीरिक्षण गरेका छन् । शाक्यले कुनै बहानामा विद्युत आपूर्ति बन्द नगर्न निर्देशन दिएको प्रमुख यादवले बताए ।
ढल्केवरबाट प्रसारण हुने सबै लाईन सुचारु भईसकको जनाउँदै प्रमुख यादवले विभिन्न फिडर वा वितवरण केन्द्रमा हावाहुरीको कारण अवरुद्ध भएको हुन सक्ने बताएका छन् । यदूकूहा फिडरमा लाईन अवरुद्ध नै रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…