आजदेखि देशको विभिन्न ठाउँमा ३ दिनसम्म पानी पर्ने सम्भावना
जल तथा मौसम पूर्वानुमान महाशाखाले कृषिबालीहरू भित्र्याउने समय भएकाले मौसमबारे जानकारी लिएर मात्रै बाली काट्न विभागले अनुरोध समेत गरेको छ । ‘अबको दिन तीन देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना छ,’ मौसमविद् दाहालले भने, ‘अहिले मुसुरो, गहुँ लगायत बाली काट्ने समय छ । मौसमबारे जानकारी लिएर मात्रै बाली काट्नुहोला ।’

२०८२ बैशाख ४ बिहीबार, राति ८:०५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । आजबाट देशका विभिन्न ठाउँमा तीन दिनसम्म पानी पर्ने भएको छ ।
मौसमविद् हरिप्रसाद दाहालका अनुसार, स्थानीय वायुको चाप न्यून भएकोले सुदुरपश्चिम प्रदेश बाहेकको प्रदेशमा वर्षा भइरहेको छ ।
उनका अनुसार भारतको उत्तर प्रदेशको प्रभाव अहिलेको वर्षामा देखिएको छ । अहिले कोशी, मधेश, बागमती, गण्डकी, लुम्बीनी र कर्णालीमा वर्षा भईरहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले कृषिबालीहरू भित्र्याउने समय भएकाले मौसमबारे जानकारी लिएर मात्रै बाली काट्न विभागले अनुरोध समेत गरेको छ ।
‘अबको दिन तीन देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना छ,’ मौसमविद् दाहालले भने, ‘अहिले मुसुरो, गहुँ लगायत बाली काट्ने समय छ । मौसमबारे जानकारी लिएर मात्रै बाली काट्नुहोला ।’
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…