आजदेखि देशको विभिन्न ठाउँमा ३ दिनसम्म पानी पर्ने सम्भावना

२०८२ बैशाख ४ बिहीबार
रति ८:०५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  आजबाट देशका विभिन्न ठाउँमा तीन दिनसम्म पानी पर्ने भएको छ ।

मौसमविद् हरिप्रसाद दाहालका अनुसार, स्थानीय वायुको चाप न्यून भएकोले सुदुरपश्चिम प्रदेश बाहेकको प्रदेशमा वर्षा भइरहेको छ ।

उनका अनुसार भारतको उत्तर प्रदेशको प्रभाव अहिलेको वर्षामा देखिएको छ । अहिले कोशी, मधेश, बागमती, गण्डकी, लुम्बीनी र कर्णालीमा वर्षा भईरहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले कृषिबालीहरू भित्र्याउने समय भएकाले मौसमबारे जानकारी लिएर मात्रै बाली काट्न विभागले अनुरोध समेत गरेको छ ।

‘अबको दिन तीन देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना छ,’ मौसमविद् दाहालले भने, ‘अहिले मुसुरो, गहुँ लगायत बाली काट्ने समय छ । मौसमबारे जानकारी लिएर मात्रै बाली काट्नुहोला ।’

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

यौन दुरव्यवहारमा परेकी महिला आफ्नो घरमा मृत भेटिइन, महिनौदेखि थिइन टेन्सनमा !

  • २०८२ बैशाख ४ बिहीबार

न्यूज ब्यूरो, सिरहा । आफूलाई बलात्कार गर्न खोज्नेविरुद्ध दिएको उजुरीमा न्याय पाउनुको सट्टा गाउँमै मिलापत्र गर्नुपर्ने दबाब खेप्दै आएकी पीडित महिला घरभित्रै मृत भेटिएकी छिन् ।  चार महिनाअघि बलात्कार प्रयासबाट उम्किएकी नरहा

पूरा पढ्नुहोस्

Bureau Menus