
न्यूज ब्यूरो, वीरगँज । हनुमान जयन्तीको शोभायात्राका क्रममा प्रहरीले हिन्दुवादी युवाहरुलाई नियन्त्रणमा लिएपछि उत्पन्न भएको तनाव वीरगञ्जमा आज पनि कायमै रहेको छ।
धार्मिक सद्भाव बिथोल्ने र तोडफोडको आरोपमा हिन्दुवादी युवाहरू पक्राउ परेपछि वीरगञ्जका विभिन्न स्थानहरू, परवानीपुर, प्रतिमा चौक र नेशनल ट्रेडिङ अगाडि, टायर बालेर प्रदर्शन गरिएको छ।
प्रदर्शनकारीहरूले प्रहरीले हिन्दू समुदायमाथि एकतर्फी कारबाही गरेको आरोप लगाउँदै “हिन्दूमाथि अन्याय बन्द गर”, “समान व्यवहार गर” जस्ता नारासमेत लगाए।
टायर जलाउँदा केही समय सडक यातायात प्रभावित भएको थियो। घटनापछि पर्सा प्रहरीले क्षेत्रको सुरक्षालाई कडा बनाएको छ।
पर्सा प्रहरी प्रमुख गौतम मिश्रले घटनामा संलग्न प्रमाणित भएकाहरूलाई मात्र कानुनी प्रक्रिया अनुसार पक्राउ गरिएको स्पष्ट पारेका छन्।
- २०८२ बैशाख ३ बुधबार