आज जनकपुर आउँदै प्रधानमन्त्री ओली, मधेश प्रदेशसभामा सम्बोधन गर्ने
प्रधानमन्त्री ओली ११ बजे हेलिकोप्टरबाट आउने कार्यक्रम रहेको छ । प्रदेश सभामा सम्बोधनपछि दलका नेताहरुसित भेटघाट गर्ने बताइएको छ । प्रदेश सभाको कार्यक्रम सकिएसँगै प्रधानमन्त्री ओली सिरहा जाने कार्यक्रम रहेको छ ।

२०८१ चैत २६ मंगलबार, बिहान ७:४२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली मधेश प्रदेश सभाको बैठकलाई सम्बोधन गर्न आज मंगलवार जनकपुरधाम आउन लागेका छन् ।
मधेश प्रदेश सभाको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने र त्यसपछि सभाले धन्यवाद प्रस्ताव पारित गर्ने दुईवटा कार्यसूची रहेको छ । सभासदहरुलाई बिहान १० बजे प्रदेश सभामा बोलाइएको छ ।
प्रधानमन्त्री ओली ११ बजे हेलिकोप्टरबाट आउने कार्यक्रम रहेको छ । प्रदेश सभामा सम्बोधनपछि दलका नेताहरुसित भेटघाट गर्ने बताइएको छ । प्रदेश सभाको कार्यक्रम सकिएसँगै प्रधानमन्त्री ओली सिरहा जाने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री ओलीले एमाले सिरहा जिल्लाको अधिवेशनको उदघाटन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि उनी राजधानी काठमाण्डु फर्किने छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…