आज जनकपुर आउँदै प्रधानमन्त्री ओली, मधेश प्रदेशसभामा सम्बोधन गर्ने 

२०८१ चैत २५ मंगलबार
बिहान ०७:४२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली मधेश प्रदेश सभाको बैठकलाई सम्बोधन गर्न आज मंगलवार जनकपुरधाम आउन लागेका छन् ।

मधेश प्रदेश सभाको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने र त्यसपछि सभाले धन्यवाद प्रस्ताव पारित गर्ने दुईवटा कार्यसूची रहेको छ । सभासदहरुलाई बिहान १० बजे प्रदेश सभामा बोलाइएको छ । 

प्रधानमन्त्री ओली ११ बजे हेलिकोप्टरबाट आउने कार्यक्रम रहेको छ । प्रदेश सभामा सम्बोधनपछि दलका नेताहरुसित भेटघाट गर्ने बताइएको छ । प्रदेश सभाको कार्यक्रम सकिएसँगै प्रधानमन्त्री ओली सिरहा जाने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओलीले एमाले सिरहा जिल्लाको अधिवेशनको उदघाटन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि उनी राजधानी काठमाण्डु फर्किने छन् ।

  • 0%
  • 0%
  • 0%
  • 33%
  • 0%
  • 0%

मधेश प्रदेश : सञ्चार ऐन विधेयक पारित

  • २०८१ चैत २५ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम | मधेस प्रदेशसभाले प्रदेश सञ्चार ऐन, २०७७ सर्वसम्मत रुपमा पारित गरेको छ । शुक्रबार बसेको प्रदेससभाबाट ऐन पारित भएको हो । शुक्रबारको प्रदेशसभा बैठकमा मधेस प्रदेश सरकारका गृह

पूरा पढ्नुहोस्

Bureau Menus