गैरकानुनी रुपमा पोल्याण्ड गएका महोत्तरीका साहसहित दुई जना पक्राउ
उनीहरूलाई थप छानबिनका लागि हिरासतमा राखिएको छ,’ दूतावासका उपप्रमुख सागर फुयाँलले भने,‘उनीहरूलाई जतिसक्दो छिटो नेपाल पठाउनको लागि दूतावासले युक्रेन सरकारसंग आवश्यक पहल गर्नेछ ।’ शाह र केसीलाई तत्काल नेपाल पठाउन कठिनाइ हुने फुयालले बताए ।

२०८१ चैत २५ सोमबार, बिहान ९:३३ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जलेश्वर । गैरकानुनी रुपमा पोल्याण्ड गइरहेका दुई जना नेपाली नागरिकलाई युक्रेनको सीमा सुरक्षा गार्डले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा महोत्तरीका जयप्रकाश शाह र बाग्लुङका सन्देश केसी रहेका छन् । भारतीय दलाल मार्फत् पोल्याण्ड प्रवेश गर्नका लागि उनीहरू युद्धग्रस्त मुलुक युक्रेन पुगेका थिए । युक्रेन मामिला हेर्ने जर्मनस्थित नेपाली दूतावासले शाह र केसी पक्राउ भएको पुष्टि गरेको छ । ‘उनीहरू एकहप्ता अगाडि पक्राउ परेका हुन् ।
उनीहरूलाई थप छानबिनका लागि हिरासतमा राखिएको छ,’ दूतावासका उपप्रमुख सागर फुयाँलले भने,‘उनीहरूलाई जतिसक्दो छिटो नेपाल पठाउनको लागि दूतावासले युक्रेन सरकारसंग आवश्यक पहल गर्नेछ ।’ शाह र केसीलाई तत्काल नेपाल पठाउन कठिनाइ हुने फुयालले बताए ।
यसअघि युक्रेनमा पक्राउ परेका शेर स्याङ् वो र फुर्वा शेर्पालाई नेपाल पठाउन १० महिना लागेको थियो । उनीहरू पनि भारतीय एजुकेशन कन्सल्टेन्सी मार्फत ७र७ लाख रुपैयाँ बुझाएर युक्रेन पुगेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…