गाडी चढेर भाडा नदिएको भन्दै अधिकृत यादवमाथि अफिसमै कुटपिट

२०८१ चैत २२ शनिबार
बिहान १०:१७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  गाडी चढेर गाडीको भाडा नदिएको भन्दै एक कार्यपालकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट भएको छ । 

बझाङको छविसपाथिभेरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सञ्जय कुमार यादवमाथि कुटपिट भएको हो ।

बिहीबार छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर २ का मुकेश ऐडीले कार्यकक्षमै पुगेर यादवमाथि आक्रमण गरेका थिए।

यादव हालै कार्यकारीको रूपमा पालिकामा नियुक्त भएका थिए । कुटपिटबाट यादवलाई चोटपटक लागेको जिल्ला प्रहरी कार्यालय बझाङ लोकेन्द्र ठगुन्नाले बताए । ठगुन्नाका अनुसार जिल्ला अस्पताल सिमखेतमा उपचार गरेर यादव डिस्चार्ज भइसकेका छन् ।

उनले पालिकाले आफ्नो जीप प्रयोग गरी भुक्तानी नदिएको भन्दै आक्रोश व्यक्त गर्दै यादवमाथि कुटपिट गरेको प्रहरीको भनाई छ ।

घटनापछि ऐडी फरार छन् र उनको खोजी भइरहेको का प्रहरी निरीक्षक ठगुन्नाले बताएका छन्।

  • 2%
  • 2%
  • 2%
  • 2%
  • 3%
  • 3%

इलाका प्रहरी कार्यालय गोलबजारद्वारा रक्तदान कार्यक्रम, ४४ जनाले रगत दान गरे 

  • २०८१ चैत २२ शनिबार

न्यूज ब्यूरो, सिरहा।  सिरहा जिल्लाको गोलबजार नगरपालिकामा अवस्थित इलाका प्रहरी कार्यालय गोलबजारद्वारा नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरी मनाइएको हो ।  नेपाल प्रहरी श्रीमती संघको

पूरा पढ्नुहोस्

Bureau Menus