नक्कली ईन्सपेक्टर बनेर होटल सँचालकलाई धर्काउने युवक पक्राउ
जिल्ला प्रहरी कार्यालय मलंगवाका अनुसार, मलंगवा वडा नम्बर १० स्थित साहारा गेस्ट हाउसका संचालकलाई ‘व्यूरो इन्सपेक्टर’ भएको भन्दै धम्क्याइरहेको सूचना पाएपछि प्रहरी टोलीले सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ६ निवासी २९ वर्षीय अनुक्रम खरेललाई बुधबार साँझ ५ बजे पक्राउ गरेको हो ।

२०८१ चैत २१ बिहीबार, दिउँसो १:५९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । सर्लाही प्रहरीले आफूलाई नेपाल प्रहरीको व्यूरो इन्सपेक्टर बताउँदै होटल संचालकलाई धम्क्याउने एक युवकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मलंगवाका अनुसार, मलंगवा वडा नम्बर १० स्थित साहारा गेस्ट हाउसका संचालकलाई ‘व्यूरो इन्सपेक्टर’ भएको भन्दै धम्क्याइरहेको सूचना पाएपछि प्रहरी टोलीले सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ६ निवासी २९ वर्षीय अनुक्रम खरेललाई बुधबार साँझ ५ बजे पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, खरेल नेपाल प्रहरीको इन्सपेक्टर नभएको पुष्टि भएको छ । साथै, उनको शरीर खान तलासी गर्दा प्रतिबन्धित लागुऔषध स्मास्मोका ३ पत्ता ९२४ ट्याबलेट० फेला परेको छ ।
हाल उनलाई अनधिकृत रुपमा धाकधम्की दिएको र लागुऔषध सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी सरोज राईले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…