नक्कली ईन्सपेक्टर बनेर होटल सँचालकलाई धर्काउने युवक पक्राउ 

२०८१ चैत २० बिहीबार
दिउसो १:५९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सर्लाही । सर्लाही प्रहरीले आफूलाई नेपाल प्रहरीको व्यूरो इन्सपेक्टर बताउँदै होटल संचालकलाई धम्क्याउने एक युवकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मलंगवाका अनुसार, मलंगवा वडा नम्बर १० स्थित साहारा गेस्ट हाउसका संचालकलाई ‘व्यूरो इन्सपेक्टर’ भएको भन्दै धम्क्याइरहेको सूचना पाएपछि प्रहरी टोलीले सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ६ निवासी २९ वर्षीय अनुक्रम खरेललाई बुधबार साँझ ५ बजे पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, खरेल नेपाल प्रहरीको इन्सपेक्टर नभएको पुष्टि भएको छ । साथै, उनको शरीर खान तलासी गर्दा प्रतिबन्धित लागुऔषध स्मास्मोका ३ पत्ता ९२४ ट्याबलेट० फेला परेको छ ।

हाल उनलाई अनधिकृत रुपमा धाकधम्की दिएको र लागुऔषध सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी सरोज राईले जानकारी दिए ।

  • 0%
  • 0%
  • 100%
  • 0%
  • 0%
  • 0%

 मिर्चैयामा जन सेवा युवा कल्बद्वारा रक्तदान सम्बन्धी जनचेतना कार्यक्रम समपन्न

  • २०८१ चैत २० बिहीबार

न्यूज ब्यूरो, सिरहा। रगतविनाको जीवनको कल्पना पनि गर्न सकिँदैन । स्व–इच्छाले रगत दान गर्नुलाई नै रक्तदान भनिन्छ । आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प रक्तदान नै हो ।

पूरा पढ्नुहोस्

Bureau Menus