जलेश्वरः आफ्नै आफन्तबाट ३ बर्षिय बालिका बलात्कृत
बालिकाको स्वास्थ जाँच प्रादेशिक अस्पताल भइरहेको र प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले बताए ।

२०८१ चैत १८ सोमबार, राति ९:३१ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जलेश्वर । महोत्तरीको सदरमुकाम जलेश्वरमा एक ३ बर्षिय बालिका बलात्कृत भएको घटना बाहिरिएको छ ।
बालिका आफन्तबाटै बलात्कृत भएकी छिन् । जलेश्वर नगरपालिका वडा नम्बर ३ मा आफन्तले घरमा खेलाउन लगेकी बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।
सिकिस्त अवस्थामा भेटिएकी बालिकालाई स्वास्थ्य परीक्षण र उपचारका लागि जलेश्वर प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ ।
आइतबार दिउँसो २ बजे बलात्कृत बालिकालाई घरमै राखेर घटना मिलाउन खोजिएको र बालिकाको स्वास्थ्य अवस्था बिग्रिएपछि सोमबार अस्पताल भर्ना गराइएको छ ।
बालिकाको स्वास्थ जाँच प्रादेशिक अस्पताल भइरहेको र प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले बताए ।
वि.सं. २०७५ सालमा महोत्तरीमै ९ महिने शिशुलाई बलात्कारपछि हत्या गरिएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…