सिरहाको लहानमा नयाँ डिएसपी रोकाया आउँदै
ईलाका प्रहरी कार्यालय खजुरीमा ईन्सपेक्टर हुँदा उनले राजनीतिक व्यक्तिहरुलाई प्रहरी कार्यालयमा प्रवेश लगभग शून्य बनाएका थिए । पँचायतको लागि समाजको भद्रभलादमीलाई मात्र आउने तथा स्थानीय भ्रष्ट नेताहरुलाई लिएर नआउने वातावरणको सृजना गरेका थिए । उनी विदेशबाट तालिम प्राप्त अफिसर हुन् ।

२०८१ चैत १३ बुधबार, बेलुकी ७:४० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । ईलाका प्रहरी कार्यालय लहानमा कार्यरत डिएसपी बिष्णु सोतिको सरुवा भएकोछ ।
नियमित सरुवा अनुसार उनलाई गृह मन्त्रालयले सरुवा गरेको हो । ईलाका प्रहरी कार्यालय लहानमा रहँदा कार्य सम्पादन कमजोर पारेको आरोप लागेका डिएसपी सोतीको सरुवा बुधबार भएको हो ।
लहान प्रहरीको नयाँ डिएसपीमा डिएसपी हिरेन्द्र रोकाया आउने भएका छन् । यसअघि ईलाका प्रहरी कार्यालय खजुरीमा ईन्सपेक्टर हुँदा स्थानीय नेतालाई प्रतिबन्ध लगाएका डिएसपी रोकाया उनको कार्यशैलीले चिनिन्छन् ।
ईलाका प्रहरी कार्यालय खजुरीमा ईन्सपेक्टर हुँदा उनले राजनीतिक व्यक्तिहरुलाई प्रहरी कार्यालयमा प्रवेश लगभग शून्य बनाएका थिए । पँचायतको लागि समाजको भद्रभलादमीलाई मात्र आउने तथा स्थानीय भ्रष्ट नेताहरुलाई लिएर नआउने वातावरणको सृजना गरेका थिए । उनी विदेशबाट तालिम प्राप्त अफिसर हुन् ।
प्रहरी कारवाहीको क्रममा तुरुन्त एक्सन लिने प्रहरी कमाण्डरको रुपमा परिचित रोकाया अपराधिक गतिविधि अधिकत हुने लहान ईलाकामा अपराधिक गतिविधि नियन्त्रणमा बेग्लै शैली प्रदर्शन गर्ने उनलाई जान्नेहरुले प्रतिक्रिया दिएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…