बिदेह नगरपालिकाबाट लखेटिएका हाकिम दीपेन्द्र साह खानेपानीका कर्मचारीबाट पनि लखेटिदै
गत फागुन १९ गते मात्र कार्यालयमा हाजिर भएका साहले कानुन विपरीत तानाशाही रवैया अपनाएको भन्दै १७ जना कर्मचारीहरूले खानेपानी मन्त्री, मन्त्रालय तथा विभागलाई संयुक्त हस्ताक्षरसहितको निवेदन पठाएका छन् । उनीहरुले निवेदनमा साहविरुद्ध १३ गम्भीर आरोप लगाइएका छन् ।

२०८१ चैत १३ बुधबार, बेलुकी ७:२१ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, १३ चैत्त । केही दिन अगाडी धनुषाको विदेह नगरपालिका निवर्तमान अधिकृत दिपेन्द्र साह खानेपानी आयोजनाबाट पनि लखेटिन लागेका छन् ।
संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका निमित्त आयोजना प्रमुखको रूपमा सरुवा भएका तृतीय श्रेणीका इन्जिनियर साहलाई उक्त पदबाट हटाउन कर्मचारीहरूले माग गरेका छन् ।
गत फागुन १९ गते मात्र कार्यालयमा हाजिर भएका साहले कानुन विपरीत तानाशाही रवैया अपनाएको भन्दै १७ जना कर्मचारीहरूले खानेपानी मन्त्री, मन्त्रालय तथा विभागलाई संयुक्त हस्ताक्षरसहितको निवेदन पठाएका छन् । उनीहरुले निवेदनमा साहविरुद्ध १३ गम्भीर आरोप लगाइएका छन् ।

साहले विभिन्न आयोजनासम्बन्धी महत्त्वपूर्ण कागजातहरू जबरजस्ती जफत गरी आफ्नो डेरामा राख्ने, असम्बन्धित व्यक्तिहरूलाई प्रमुख कार्यकक्ष र क्वार्टरमा प्रवेश गराउने तथा कार्यालयमा अनधिकृत भोजभतेर गर्ने जस्ता गतिविधिहरू गरिरहेको निवेदनमा उल्लेख छ । साथै, कर्मचारीलाई भेट्न जाँदा ‘गोप्य कुरा भइरहेको छ, बाहिर जानु’ भन्दै दुव्र्यवहार गरेको आरोप लगाइएको छ ।
साहले सरकारी स्रोतसाधनको दुरुपयोग गर्दै करारका कर्मचारीलाई व्यक्तिगत सेवा कार्यमा खटाएको, कार्यालय सहयोगीलाई भान्से बनाएको, व्यक्तिगत सरसफाइ गर्न लगाएको तथा कर्मचारीलाई ‘तँ तँ तिमी’ भनेर सम्बोधन गर्दै गालीगलौज गर्ने गरेको कर्मचारीहरुको आरोप छ ।
कानुनी प्रक्रिया नपु¥याई व्यक्तिगत अंगरक्षक र स्वकीय सचिव नियुक्त गरेको, नायब सुव्वा बालबोध कुमार ठाकुरलाई अनुचित कार्य गर्न दबाब दिएको, आदेश पालना नगर्दा स्पष्टीकरण सोधिएको तथा सिनियर कर्मचारीहरू हुँदाहुँदै आफूलाई निमित्त प्रमुख तोकिएको विषयमा पनि कर्मचारीहरूले आपत्ति जनाएका छन् ।



















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…