
न्यूज ब्यूरो, जनकपुरधाम । भारत बिहारको आरा रेलवे स्टेसनमा मंगलबार राति गोली चल्दा तीन जनाको मृत्यु भएको छ।
समाचार एजेन्सी पीटीआईका अनुसार रेलवे सुरक्षा बलका वरिष्ठ कमान्डेन्ट प्रकाश पाण्डाले घटना प्लेटफर्म नम्बर दुईमा भएको बताए।
तीन जनाको शव निकालिएको छ। यो घटना प्रेम सम्बन्धसँग सम्बन्धित हुन सक्ने आशंका प्रहरीले गरेको छ।
रेलवे सुरक्षा बलका वरिष्ठ कमान्डेन्ट पाण्डाले भने, ‘तीन जनाको मृत्यु भएको छ। अभियुक्त अमन कुमार २४ वर्षका थिए। उनी भोजपुरका बासिन्दा थिए।’
‘आरोपित अमनले जिया कुमारी र उनका बुबा अनिल सिन्हालाई गोली हानेर हत्या गरे। त्यसपछि आफैँलाई गोली हाने।’
यस विषयमा थप अनुसन्धान भइरहेको उनले बताए। उनले भने, ‘हामीले हत्यामा प्रयोग गरिएको हतियार जफत गरेका छौँ।’
नेपालमा राजतन्त्र ल्याउनु दिवास्वप्न होः अध्यक्ष यादव
- २०८१ चैत १२ बुधबार
न्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालमा राजतन्त्र ब्युँताउनु दिवास्वप्न हुने बताएका छन् । जनता समाजवादी पार्टी नेपालको ‘महोत्तरी जिल्ला अधिवेशन’को उदघाटन गर्दै उनले नेपाली जनताको
पूरा पढ्नुहोस्