लव काण्डः बिहारको आरा स्टेशनमा प्रेमिका र बुवालाई गोली हानेर हत्या, त्यसपछि आफैँलाई हाने गोली !
रेलवे सुरक्षा बलका वरिष्ठ कमान्डेन्ट पाण्डाले भने, ‘तीन जनाको मृत्यु भएको छ। अभियुक्त अमन कुमार २४ वर्षका थिए। उनी भोजपुरका बासिन्दा थिए।’ ‘आरोपित अमनले जिया कुमारी र उनका बुबा अनिल सिन्हालाई गोली हानेर हत्या गरे। त्यसपछि आफैँलाई गोली हाने।’ यस विषयमा थप अनुसन्धान भइरहेको उनले बताए। उनले भने, ‘हामीले हत्यामा प्रयोग गरिएको हतियार जफत गरेका छौँ।’

२०८१ चैत १३ बुधबार, बिहान ९:२७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । भारत बिहारको आरा रेलवे स्टेसनमा मंगलबार राति गोली चल्दा तीन जनाको मृत्यु भएको छ।
समाचार एजेन्सी पीटीआईका अनुसार रेलवे सुरक्षा बलका वरिष्ठ कमान्डेन्ट प्रकाश पाण्डाले घटना प्लेटफर्म नम्बर दुईमा भएको बताए।
तीन जनाको शव निकालिएको छ। यो घटना प्रेम सम्बन्धसँग सम्बन्धित हुन सक्ने आशंका प्रहरीले गरेको छ।
रेलवे सुरक्षा बलका वरिष्ठ कमान्डेन्ट पाण्डाले भने, ‘तीन जनाको मृत्यु भएको छ। अभियुक्त अमन कुमार २४ वर्षका थिए। उनी भोजपुरका बासिन्दा थिए।’
‘आरोपित अमनले जिया कुमारी र उनका बुबा अनिल सिन्हालाई गोली हानेर हत्या गरे। त्यसपछि आफैँलाई गोली हाने।’
यस विषयमा थप अनुसन्धान भइरहेको उनले बताए। उनले भने, ‘हामीले हत्यामा प्रयोग गरिएको हतियार जफत गरेका छौँ।’
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…