जनकपुरका मेयरको विरोधमा नेविसंघ धनुषाले सडकमै रोप धान
न्यूज ब्यूरो | जनकपुरधाम, २० असार । जनकपुर उपमहानगरपालिकाको मेयर लाल किशोर साहको विरोधमा जनकपुरको शिवचोकमै धान रोपिएको छ । नेपाल विद्यार्थी संघ धनुषाले जनकपुरमा बर्षातपछि भएको हालातको विरोधमा नेविसंघ धनुषाले स्थानीय सरकारको साँकेतिक विरोध गरेका छन् । नेविसंघ नगर कमिटिका अध्यक्ष सुमन कुमार ठाकुरको ने

२०७५ असार २० बुधबार, दिउँसो १:५३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, २० असार । जनकपुर उपमहानगरपालिकाको मेयर लाल किशोर साहको विरोधमा जनकपुरको शिवचोकमै धान रोपिएको छ ।
नेपाल विद्यार्थी संघ धनुषाले जनकपुरमा बर्षातपछि भएको हालातको विरोधमा नेविसंघ धनुषाले स्थानीय सरकारको साँकेतिक विरोध गरेका छन् ।
नेविसंघ नगर कमिटिका अध्यक्ष सुमन कुमार ठाकुरको नेतृत्वमा स्थानीय सरकारको साँकेतिक विरोध स्वरुप शिवचोकमै हिलोमा धान रोपिएको हो ।
नेविसंघको दुई दर्जनभन्दा बढी युवाहरुको उपस्थितिमा मेयर साहलाई विरोध गर्दै सडकमै धान रोपेर साँकेतिक विरोध गरिएको नेविसंघ धनुषाका अध्यक्ष सुजित मिश्रले जानकारी दिए ।
नगर भित्रको समस्याहरुको पहिचान र तत्काल समस्या समाधानको लागि यो विरोध साँकेतिक विरोध गरेको नगर अध्यक्ष सुमन ठाकुरले बताए ।
मेयर साह काममा व्यस्त रहेको तथा नगर भित्र मुख्य समस्या सडक र नालाको रहेको तर उनले नजरअन्दाज गरेको आरोप लगाउँदै तत्काल सडकको वैकल्पिक व्यवस्था गर्नुपर्ने माग सहित ध्यानाकर्षण गराइएको हो ।
शिवचोकमा भएको धान रोपनी कार्यक्रममा जिल्ला अध्यक्ष मिश्र सहित, नगर समितिका उपसभापति रवि शर्मा, माया कुमारी, सलिम सफी, परवेज आलम, राजीव मंडल, सौहेल राईन, राजेश साह लगायतका उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…