राजा ल्याउन जनविद्रोह घोषणा सभा गर्दैछौ: हिन्दु सम्राट नेपाल
हिन्दु सम्राट नेपालका अध्यक्ष राजेश यादवका अनुसार, वर्तमान गणतन्त्रले राष्ट्रलाई धर्म निरपेक्ष राष्ट्र बनाउँदाका क्षति सर्वविदितै रहेकोले राजालाई गद्दीमा बसाएर नेपाललाई हिन्दु राष्ट्र बनाउन जनविद्रोह सभाको घोषणा गर्ने बताए ।

२०८१ चैत ८ शुक्रबार, राति ९:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । हिन्दु सम्राट सेनाको नामले परिचित हिन्दु सम्राट नेपालले देशमा राजतन्त्र ल्याउन जनविद्रोहको घोषणा गर्न लागेको बताएका छन् ।
हिन्दु सम्राट सेना केन्द्रीय कार्यालय काठमान्डौँले काठमान्डौँको तिनकुनेमा आउँदो चैत्त १५ गते काठमान्डौँको तिनकुने पार्कमा जनविद्रोह सभाको घोषणा गर्ने जनाएको छ ।
हिन्दु सम्राट नेपालका अध्यक्ष राजेश यादवका अनुसार, वर्तमान गणतन्त्रले राष्ट्रलाई धर्म निरपेक्ष राष्ट्र बनाउँदाका क्षति सर्वविदितै रहेकोले राजालाई गद्दीमा बसाएर नेपाललाई हिन्दु राष्ट्र बनाउन जनविद्रोह सभाको घोषणा गर्ने बताए ।
चैत्त १५ गते राप्रपा नेपालले समेत देशव्यापी रुपमा हिन्दु राष्ट्रको पक्षमा कार्यक्रमहरु गर्ने तयारी गरेको हो । हिन्दुवादी संगठनहरुले राजा ल्याउने पक्षमा रैली गर्ने भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…