होलीमा रँग लगाउन नदिएपछि आफ्नै साथीलाई घाँटी थिचेर हत्या

२०८१ फाल्गुण ३० शुक्रबार
बिहान १०:४३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । होलीमा रँग लगाउन नदिएपछि आफ्नै साथीलाई हत्या गरेका छन् । यो घटना छिमेकी मुलुक भारत राजस्थानको रहेको छ । 

राजस्थानको दौसा जिल्लास्थित राल्वास गाउँ बस्ने स्थानीय अशोक, बब्लुु र कालुरामले आफ्नै साथी हँसराजलाई घाँटी थिचेर हत्या गरेका हु्न् । परीक्षाको तयारी गरिरहेका हँसराज पढाई गर्न लाईब्रेरी गएका थिए । लाईब्रेरीमा पसेर रँग लगाउन खोजेपछि उनले रँग लगाउन नदिएको भन्दै साथीहरुले निर्घात कुटपिट गरे । कुटपिटपछि एक जनाले घाँटी थिचेर हत्या गरिदिए । 

घटनापछि परिवारजले युवकको लास लिएर राष्ट्रिय राजमार्गमा जाम गरेका छन् । प्रहरीले तीने जनाको खोजी कार्य तीव्र पारेको छ । 

  • 0%
  • 0%
  • 8%
  • 0%
  • 83%
  • 8%

NIC ASIA बैंकको बदमासी , बदनियतपूर्वक ऋणीको जग्गा बिक्री , व्यापारी आन्दोलित

  • २०८१ फाल्गुण ३० शुक्रबार

सबिन यादव, सिरहा । गोलबजार उद्योग व्यापार संघले एनआइसी एसिया बैंकमा ज्ञापन पत्र बुझाउँदै बदनियतपूर्वक बिक्री गरिएको ऋणीको जग्गा तत्कालै फिर्ता गर्न माग गरेको छ ।  एनआइसी एसिया बैंक गोलबजार शाखाले

पूरा पढ्नुहोस्

Bureau Menus