होलीमा रँग लगाउन नदिएपछि आफ्नै साथीलाई घाँटी थिचेर हत्या
राजस्थानको दौसा जिल्लास्थित राल्वास गाउँ बस्ने स्थानीय अशोक, बब्लुु र कालुरामले आफ्नै साथी हँसराजलाई घाँटी थिचेर हत्या गरेका हु्न् । परीक्षाको तयारी गरिरहेका हँसराज पढाई गर्न लाईब्रेरी गएका थिए । लाईब्रेरीमा पसेर रँग लगाउन खोजेपछि उनले रँग लगाउन नदिएको भन्दै साथीहरुले निर्घात कुटपिट गरे । कुटपिटपछि एक जनाले घाँटी थिचेर हत्या गरिदिए ।

२०८१ चैत १ शुक्रबार, बिहान १०:४३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । होलीमा रँग लगाउन नदिएपछि आफ्नै साथीलाई हत्या गरेका छन् । यो घटना छिमेकी मुलुक भारत राजस्थानको रहेको छ ।
राजस्थानको दौसा जिल्लास्थित राल्वास गाउँ बस्ने स्थानीय अशोक, बब्लुु र कालुरामले आफ्नै साथी हँसराजलाई घाँटी थिचेर हत्या गरेका हु्न् । परीक्षाको तयारी गरिरहेका हँसराज पढाई गर्न लाईब्रेरी गएका थिए । लाईब्रेरीमा पसेर रँग लगाउन खोजेपछि उनले रँग लगाउन नदिएको भन्दै साथीहरुले निर्घात कुटपिट गरे । कुटपिटपछि एक जनाले घाँटी थिचेर हत्या गरिदिए ।
घटनापछि परिवारजले युवकको लास लिएर राष्ट्रिय राजमार्गमा जाम गरेका छन् । प्रहरीले तीने जनाको खोजी कार्य तीव्र पारेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…