धनुषाका सिडिओले जलाद पूल निर्माणको लागि गराएको सम्झौता कागजमै, पूल निर्माण नहुँदा मार्कामा जनता
स्थानीयहरुले अब सीधा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिँहलाई भेटेर कारवाही प्रक्रिया अगाडी बढाउन दबाब दिने चेतावनी दिएका छन् । २०८१ भदौ १३ गते भएको सम्झौतामा अर्को स्पान निर्माण गर्न दिएको एक महिनाको समयमा एक बर्ष भएपनि निर्माण गर्न सकेका छैनन् । पुलमा दुई स्पान निर्माण गरिए सम्पन्न हुने बताईएको छ ।

२०८१ फागुन २९ बिहीबार, राति ९:१९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको महेन्द्रनगरदेखि धनुषाधाम जाने परिक्रमा सडकमा निर्माणधीन अवस्थामा रहेको जलाद पूल अझै निर्माण हुन नसक्दा स्थानीय जनताहरु अहिलेदेखि नै सास्ती महसुस गर्न थालेका छन् ।
क्षीरेश्वरनाथ नगरपालिकाको सदरमुकाम महेन्द्रनगर जोडने क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ७ र वडा नं. ९ ईच्छापुर जोडने परिक्रमा सडकको जलाद पुल निर्माणको लागि गत भदौमा धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाको अगुवाईमा सम्झौता भएपनि त्यो कागजसम्म मात्र सिमित रहेको छ ।
गत भदौ १३ गते प्रमुख जिल्ला अधिकार कडरियासहित क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष, वडा नं. ९ का वडाध्यक्ष, वडा नं. ७ का वडाध्यक्षसहित विभिन्न निकायका व्यक्तिहरुको रोहबरमा ठेकेदारले अर्को स्पान निर्माणको लागि प्रक्रिया अगाडी बढाउनुपर्ने सम्झौता भएपनि ठेकेदारले अझै टेरेका छैनन् ।
धनुषा निर्वाचन क्षेत्र नं. ४ का प्रतिनीधिसभा सदस्य एवम् पूर्वमन्त्री रघुवीर महासेठको क्षेत्र रहेको सो पूल निर्माणको लागि बर्षौ लागेपनि महासेठले अझै पहल गर्न सकेका छैनन् ।
केन्द्रमा एमाले नेतृत्वको सरकार रहेको छ । क्षीरेश्वरनाथ नगरपालिका पनि एमाले नेतृत्वको स्थानीय सरकार रहेको छ । यद्यपी, पुल निर्माणको लागि थप कुनै प्रक्रिया अगाडी बढेका छैनन् ।
स्थानीयहरुले अब सीधा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिँहलाई भेटेर कारवाही प्रक्रिया अगाडी बढाउन दबाब दिने चेतावनी दिएका छन् । २०८१ भदौ १३ गते भएको सम्झौतामा अर्को स्पान निर्माण गर्न दिएको एक महिनाको समयमा एक बर्ष भएपनि निर्माण गर्न सकेका छैनन् । पुलमा दुई स्पान निर्माण गरिए सम्पन्न हुने बताईएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…