जनमतको केन्द्रीय समितिको बैठक बर्दिवासमा, निलम्बितहरु गएनन बैठकमा 

२०८१ फाल्गुण २६ सोमबार
बिहान ०९:३८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  जनमत पार्टीको केन्द्रीय समितिको बैठक आइतबारदेखि महोत्तरीको बर्दिवासमा शुरु भएको वैठकमा पाँच वटा एजेन्डामाथि छलफल जारी रहेको प्रवक्ता डा. शरदसिंह यादवले जनाएका छन् ।

सो केन्द्रीय समितिको बैठक सोमबारसम्म चल्ने जनाइएको छ । उनले संगठनको सवलीकरण, नौलो गणतन्त्र कार्यान्वयन, संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत, संघीयता कार्यान्वयन, समान विचारधारा भएका पहिचानवादीहरूसँग एकीकरणलगायतका एजेन्डा रहेको बताए । सो बैठकमा प्रदेश सरकारको बारेमा पनि छलफल हुने प्रवक्ता यादवले जारी रहेको बताए ।

केन्द्रीय समितिको बैठक बस्नु अगावै पार्टीका कोषाध्यक्ष सुरेन्द्र नारायण यादवमाथि विभिन्न आरोप लगाउँदै निलम्बन गरेका छन् । कोषाध्यक्ष यादवलाई निलम्बन गर्नु अघि पार्टीले अनुशासन विभागका अध्यक्षसमेत रहेका पार्टीका उपाध्यक्ष ई। दिपक कुमार साहलाई समेत निलम्बन गरिएको थियो ।

तर निलम्बित उपाध्यक्ष ई। साह भने केन्द्रीय समितिको बैठकमा सहभागी हुन गए पनि एक नेताले कारबाही बारे स्मरण गराउँदा उनी रिसाएर बैठकस्थलबाट फर्किएका थिए । तर उपाध्यक्ष साहले भने कारबाही बारे आफूलाई कुनै जानकारी नरहेको अनभिज्ञता प्रकट गरे । केन्द्रीय कोषाध्यक्ष यादवलाई हटाउँदा चार बुँदेमा आर्थिक अनियमितता र निर्वाचनमा पार्टी अध्यक्षलाई हराउन भूमिका खेलेको आरोप उनीमाथि लगाइएको छ ।

अनुमतिबिना गैरआवासीय मधेशी संघमा आवद्ध रहेका विदेशमा बस्दै आएका ६ जनाभन्दा बढी कार्यकर्तासंग रकम उठाएको उनीमाथि आरोप छ । सो बैठकमा कारबाहीमा परेको उपाध्यक्ष ई। साह र कोषाध्यक्ष यादवलगायत आठ जना पदाधिकारी बैठकमा सहभागी नभएको स्रोतले जनाएको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सबैला नगरपालिकाले किने किसानको लागि तिनवटा आधुनिक मेसिन

  • २०८१ फाल्गुण २६ सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  सबैला नगरपालिकाले प्रविधिमैत्री कृषि प्रवर्धन गर्दै तीनवटा आधुनिक कृषि यन्त्र खरिद, किसानलाई छिटै सुलभ दरमा उपलब्ध गराइने धनुषाको सबैला नगरपालिकाले कृषिमा प्रविधिको प्रयोग बढाउँदै तीनवटा अत्याधुनिक कृषि

पूरा पढ्नुहोस्

Bureau Menus