कमला र कोशीले खतरा छैन, सम्भावित खतरासँग लड्न सुरक्षाकर्मी तैनाथ
न्यूज ब्यूरो | जनकपुरधाम, १८ असार । केही घटनादेखि निरन्तर पानी परिरहँदा धनुषा लगायत अन्य जिल्लाका ठुल ठुला नदिहरुमा पानीको उतार चढाव बढने क्रम जारी छ । धनुषा र सिरहाको सीमाको रुपमा रहेको कमला नदीमा समेत पानीको सतह बढेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । कमला नदीमा पानीको सतह बढेपनि खतरा भन्न

२०७५ असार १८ सोमबार, बेलुकी ७:२९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, १८ असार । केही घटनादेखि निरन्तर पानी परिरहँदा धनुषा लगायत अन्य जिल्लाका ठुल ठुला नदिहरुमा पानीको उतार चढाव बढने क्रम जारी छ ।
धनुषा र सिरहाको सीमाको रुपमा रहेको कमला नदीमा समेत पानीको सतह बढेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
कमला नदीमा पानीको सतह बढेपनि खतरा भन्ने कुनै प्रकारको नरहेको जनाइएको छ । पानीको सहत बढेपनि खतराको सँकेत नरहेको र पानीको बहाब समेत समान्य रहेको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले अबिरल बर्षाका कारण आएको पानीको बहाब र सम्भावित खतरासँग जुध्नको लागि प्रहरी तयारी अवस्थामा रहेको बताए ।
सुरक्षाकर्मीले कमला नदी सहित अन्य नदीहरुको बारेमा मुवायना गरेको तथा नदी किनारमा सम्भावित खतरा देखिए लगत्तै उद्धारको लागि एक्सनमा आउने बताइएको छ ।
यता, कोशीमा समेत पानीको बहाब बढेको खवरसँगै खतरा भएको समाचारहरु समाजि सञ्चालमा आएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीले खतराको कुनै सँकेत नरहेको प्रष्टयाएका छन् ।
अबिरल बर्षाका कारण कोशीको पानी बहाबमा उतार चढाव आएपनि खतराको कुनै सँकेत नरहेको तथा अवस्था समान्य रहेको बताइएको छ ।
छिल्लोमापन अनुसार सप्तकोशी नदीमा पानीको बहाब १ लाख ६ हजार ७ सय ९० क्युसेक प्रतिसेकेण्ड रहेको छ। ब्यारेजका १६ वटा ढोका खोलिएका छन्। सप्तकोशी नदीको जलस्तरमा उतार चढावको क्रम जारी रहे पनि हिजोको तुलनामा आज नदीको बहाबमा कमी आएको छ।
एक लाख ३१ हजार क्युसेक पुगेको नदीको बहाव क्रमशः घट्दो क्रममा रहेको छ । पूर्वी पहाडीसहितका भेगमा अविरल वर्षा भएका खण्डमा कोशी नदीमा पानीको सतह बढ्ने गर्छ।
मौसम विभागले जलस्तर बढ्न सक्ने भन्दै नदी किनारमा रहेकाहरुलाई सर्तक रहन अपिल गरेको भए पनि सुनसरी प्रशासनले सप्तकोशी नदीमा हालसम्म कुनै खतरा भने नरहेको जनाएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…