
न्यूज ब्यूरो, जनकपुरधाम । १५ दिने माध्यमिकी परिक्रमा आज ऐतिहासिक धनुषाधाम पुगेको छ ।
धनुषाधामको लागि धनुषाधामका मेयर बालेश्वर मण्डल र उपमेयर विद्या देवी भुजेलले मिथिलाबिहारी र किशोरीजीको डोला उठाउँदै धनुषाधाम लगेका छन् ।
शुक्रबार धनुषाधाम नगरपालिकाको वडा नम्बर ५ पर्वतामा वडाध्यक्ष ईन्द्र कुमार महतोले डोला उठाउँदै परिक्रमाको धार्मिक लस्करलाई स्वागत गरेका थिए भने शनिबार विहानै मेयर र उपमेयरले डोला उठाउँदै धनुषाधाम गाजाबाजाका साथ लगेका छन् ।
मेयर मण्डलले सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा बाजागाजाका साथ किशोरीजी र मिथिला बिहारीका डोलालाई आफ्नो सीमाबाट उठाएर धनुषाधाम ल्याएको हो ।
डोला उठाउँदै उपमेयर विद्या देवी भुजेलले प्रत्येक बर्षझैँ यसबर्ष पनि मिथिलाबिहारीको डोलालाई काँध दिन पाउँदा बेग्ले अनुभूति भएको सुनाइन् । उनले बर्षमा आउने यो एक दिन हाम्रो जीवनको ऐतिहासिक क्षण हुने गरेको बताइन् । उनले डोला उठाउन पाउँदा सौभाग्य प्राप्त भएको बताइन् ।
धनुषधाम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सँजीत प्रसाद दासले नगरपालिकाको तर्फबाट परिक्रमाका धार्मिक यात्रीहरुको लागि भोजनको व्यवस्था गरिएको बताए । अधिकृत दासका अनुसार, परिक्रमाका धार्मिक यात्रुहरुको लागि दालमोठ, चिउरा, मिठ्ठा, चियाको व्यवस्था गरिएको बताए । धनुषाधामको पर्वता, नौसयविघा लगायतको ठाउँमा श्रद्धालुहरुको लागि सो व्यवस्था गरिएको थियो ।
सशसत्र प्रहरीका ईन्सपेक्टर कृष्ण भण्डारीको नेतृत्वमा पारम्पारिक बाजगाजासहित धार्मिक लस्करलाई स्वागत गरिएको थियो । नेपाल प्रहरीका प्रहरी निरीक्षक गणेश खनालले धनुषाधाम क्षेत्रमा श्रद्धालुहरुलाई मध्यनजर गरी सुरक्षा चुस्त बनाएको बताए ।
डोला स्वागतको क्रममा वडा नम्बर ५ का वडाध्यक्ष ईन्द्र कुमार महतो ,लक्ष्मी साह ,ऋषि केश लामा ,जय नारायण यादवको सहभागीता रहेको थियो ।
धनुषा मन्दिरका व्यवस्थापन समितिका अध्यक्ष सुनिल यादब अभियानी प्रमोद यादव युवा अशोक मण्डल ,रमेश मण्डल ,लालु यादव शिव यादव लगायतले सहयोग गरेका थिए ।
'म जाति हेरेर होइन, कलाकारसँग बिहे गरेको छुः कलकत्तिया बाली
- २०८१ फाल्गुण २४ शनिबार
न्यूज ब्यूरो, जनकपुरधाम । समाजिक सँजालमा चर्चामा रहँदै आएका धनुषाका अविनाश झा उर्फ कलकतियावालीले बिहे गरेका छन् । महिलाको अभिनय गर्दै आएका अभिनास झाको कलाकारिता प्रायः सबैलाई मन पराएको कला
पूरा पढ्नुहोस्