
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामस्थित रहेको राराब कलेजमा चुनावी प्रक्रिया बिथोलिएको छ ।
नक्कली आईडी कार्ड प्रकरणमा विद्यार्थीहरुले क्याम्पस प्रमुखको कार्यालय र निर्वाचन कार्यालयमा तालाबन्दी गरेपछि निर्वाचनका लागि तोकिएको विद्यार्थी संगठनहरु दर्ता हुन पाएनन् ।
विभिन्न माँग राखी आन्दोलनमा ओर्लेका विद्यार्थी संगठनका नेताहरुले गत आइतवार क्याम्पस प्रमुखको कार्यालय र निर्वाचन कार्यालयमा तोडफोड गरेको थियो । दूबै कार्यालयमा तालाबन्दी समेत गरिएको थियो ।
विद्यार्थी संगठनहरुको माँग सम्बन्धमा क्याम्पस प्रमुख बसन्त कर्ण गम्भीर नदेखिएको आरोप विद्यार्थी नेताहरुको रहेको छ । विद्यार्थी नेताहरुले स्ववियू चुनाबका लागि बनाइएको निर्वाचन समितिसँग पनि असन्तुष्ट देखिएका छन् । जसपा समर्थित विद्यार्थी संगठन राराब क्याम्पस इकाइ समितिका अध्यक्ष गौतम यादवले आज बिहान ८ बजे, दिनको २ बजे र साढे ३ बजे गरी तीनपटक क्याम्पस प्रशासनसँग विद्यार्थी संगठनका नेताहरुको बैठक बसेको थियो तर बैठक बिना निष्कर्श सम्पन्न भएको जानकारी दिएका छन् ।
४ सूत्रिय माँगमा क्याम्पसमा डिजिटल कार्ड अनिवार्य लागु गरियोस, निर्माण भएको फर्जिकार्ड तुरन्त बदर गरियोस, मास्टर डिग्री दोस्रो सेमेष्टरका विद्यार्थीहरुलाई मतदाता नामावलीमा समावेश गर्न व्यवस्था गरियोस तथा नाम दर्ताका लागि आवश्यक समय उपलब्ध गराइयोस, नामाकंन गर्ने समय आवश्यक अनुसार थप गरियोस र आइडी कार्ड बनाउने समय थप गर्न लगायतको रहेको छ ।
संयुक्त विद्यार्थी संगठनको नाउँमा आन्दोलन सुरु गरिएको छ । सो आन्दोलनमा नेपाल विद्यार्थी संघ, लोकतान्त्रिक विद्यार्थी संघ, विद्यार्थी जनमत संघ, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन, अनेरास्ववियू एकीकृत समाजवादी लगायतका विद्यार्थी संगठनहरु आन्दोलनमा ओर्लेको छ ।
स्पष्टिकरण सोधिएपछि बौखलाए निलम्बित कोषाध्यक्ष यादव, ७० लाख दिएको प्रमाण दिन चुनौति
- २०८१ फाल्गुण २० मंगलबार
न्यूज ब्यूरो, जनकपुरधाम । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले तत्कालिन कोषाध्यक्ष सुरेन्द्र यादवलाई स्पष्टिकरण सोधिएपछि उनी बौखलाएका हुन् । पार्टी विद्यान विपरित गतिविधि गरिएको भन्दै उनलाई स्पष्टिकरण सोधेपछि स्पष्टिकरण पेश
पूरा पढ्नुहोस्