मिर्चैयामा ट्रकको ठक्करबाट एक युवकको घटनास्थलमै मृत्यू
न्यूज ब्यूरो | सिरहा, १७ असार । ट्रकको ठक्करबाट सिरहामा एकजना युवकको घटनास्थलमै ज्यान गएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत् सिरहाको मिर्चैया नगरपालिका–२ जिवा खोला नजिक राजमार्गमा आज (आइतबार) दिउँसो करिब ४ बजे ट्रकले साईकल यात्रु एक यूवकको ठक्कर दिएर ज्यान लिएको हो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको

२०७५ असार १७ आइतबार, बेलुकी ५:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
सिरहा, १७ असार । ट्रकको ठक्करबाट सिरहामा एकजना युवकको घटनास्थलमै ज्यान गएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत् सिरहाको मिर्चैया नगरपालिका–२ जिवा खोला नजिक राजमार्गमा आज (आइतबार) दिउँसो करिब ४ बजे ट्रकले साईकल यात्रु एक यूवकको ठक्कर दिएर ज्यान लिएको हो ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ग १ ख ७४५१ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिएपछि करिब २५ वर्षीय साइकल चालकको घटनास्थलमै मृत्यू भएको र मृतकको पहिचान खुल्न नसकेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी दिपक कुमार खड्काले बताउनुभयो ।
यता, ठक्कर दिने ट्रक र चालक ईप्रका मिर्चैयाको नियन्त्रणमा रहेको डिएसपी खड्काले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…