लोसपाको नगर सचिवमा चुनिए युवा नेता प्रशान्त झा
यस अघिको राराब स्ववियूको निर्वाचनमा लोकप्रिय मतका साथै निकटतम बनेका विद्यार्थी नेता समेत रहेका प्रशान्त जनकपुरधामको समाजिक र राजनितिक गितिविधीमा सक्रिय युवाका रुपमा परिचित छन् । उनको कहिले एमाले त कहिले अर्को पार्टीमा जान सक्ने चर्चा थियो ।

२०८१ फागुन १४ बुधबार, बेलुकी ७:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को नगर सचिवमा युवा नेता प्रशान्त झा चयन भएका छन् ।
पार्टी स्थापनाकालदेखि नै महन्थ ठाकुरसँग आवद्ध रहँदै आएका युवा नेता लोसपाको जनकपुरधाम नगर सचिवको जिम्मेवारी पाएका छन् । महन्थ ठाकुरको तत्कालिन पार्टीमा समेत आवद्ध रहँदै आएका झाले नगर सचिवको जिम्मेवारी पाउन सफल भएका छन् ।
यस अघिको राराब स्ववियूको निर्वाचनमा लोकप्रिय मतका साथै निकटतम बनेका विद्यार्थी नेता समेत रहेका प्रशान्त जनकपुरधामको समाजिक र राजनितिक गितिविधीमा सक्रिय युवाका रुपमा परिचित छन् । उनको कहिले एमाले त कहिले अर्को पार्टीमा जान सक्ने चर्चा थियो ।
लामो समयदेखि पार्टीमा समय व्यतित गरेका युवा नेता झाले पार्टीमा अवसर नपाएको भन्दै अन्य दल ज्वान गर्ने चर्चा चलेको बेला सचिवको जिम्मेवारी दिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…