विदेह नगरपालिकामा कर्मचारीहरुले लखेटे हाकिम
फिल्मी शैलीमा कार्यालय प्रवेश गर्न खोजेका अधिकृत साहले कर्मचारीहरुले प्रवेश नदिएपछि उनी जमिन ढोगेर फिर्ता भएका थिए । अधिकृत साहले मेयरलाई बायकट्ट गर्न खोजेपछि विवाद उत्पन्न भएको हो ।

२०८१ फागुन ११ आइतबार, राति ८:०४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको विदेह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र कुमार साहलाई त्यहाँका कर्मचारीहरुले लखेटेका छन् ।
आईतबार हाजिर हुन दलबलसहित नगरपालिका छिर्न खोजेपछि त्यहाँ कार्यरत कर्मचारीहरुले उनलाई गेट नपुग्दै लेखेटेका हुन् ।
विदेह नगरपालिकाका नगर प्रमुख बेचन दाससँग टशन भएका अधिकृत साहलाई त्यहाँ कार्यरत कर्मचारीहरुले उनलाई कार्यालय प्रवेशमा रोक लगाएका छन् । “ईन्जिनीयर दीपेन्द्र कुमार साह फिर्ता जाउँ”, “भ्रष्ट हाकिम दीपेन्द्र साह फिर्ता जाउँ” जस्ता नारासहित कर्मचारीहरुले नै प्रवेश रोक लगाएका छन् ।
मोटो सुरक्षाबीच कार्यालय प्रवेश गर्न गएका हाकिम साहले नेता शैलीमा हात हल्लाएका थिए, तर कर्मचारीहरुले लखेटेपछि प्रहरी सुरक्षाबीच उनी त्यहाँबाट निस्केर भागेका हुन् ।
नगर प्रमुख दाससँगको झगडा भएपछि कर्मचारीहरु समेत नगर प्रमुखको पक्षमा उभिएका छन् । कर्मचारीहरुलाई समेत तथानाथ थर्काएको आरोप लागेका अधिकृत साहलाई कर्मचारीहरुले फिर्ता पठाएका छन् ।
फिल्मी शैलीमा कार्यालय प्रवेश गर्न खोजेका अधिकृत साहले कर्मचारीहरुले प्रवेश नदिएपछि उनी जमिन ढोगेर फिर्ता भएका थिए । अधिकृत साहले मेयरलाई बायकट्ट गर्न खोजेपछि विवाद उत्पन्न भएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…