इन्सेक मधेस प्रदेशद्वारा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीको तथ्याङ्क सार्वजनिक
न्यूज ब्यूरो, जनकपुरधाम । मधेस प्रदेशमा सन् २०२४ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूमा २ हजार ३ सय ४९ जना पीडित भएको तथ्याङ्क अनौपाचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयले ०८१ फागुन ७ गते पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । अनौपाचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधे

२०८१ फागुन ८ बिहीबार, बेलुकी ७:२३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेस प्रदेशमा सन् २०२४ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूमा २ हजार ३ सय ४९ जना पीडित भएको तथ्याङ्क अनौपाचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयले ०८१ फागुन ७ गते पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
अनौपाचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश संयोजक राजु पासवानले सन् २०२४ मा अभिलेख गरेको घटनामा मधेस प्रदेशमा २ हजार ३ सय ९९ जना पीडित भएको बताउनु भयो ।
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ र मधेस प्रदेशको मानव अधिकार अवस्था छलफल कार्यक्रममा उहाँले अभिलेखित घटनामध्ये राज्य पक्षबाट ११ जना महिला र ३९ जना पुरुष गरी ५० जना पीडित भएको उल्लेख गर्नु भयो । त्यस्तै अन्य पक्षबाट २ हजार २ सय २५ महिला र १ सय २४ जना पुरुष गरी २ हजार ३ सय ४९ जना पीडित भएको प्रतिवेदन उहाँले प्रस्तुत गर्नु भएको थियो ।
गएको वर्ष अर्थात सन् २०२३ मा राज्य पक्षबाट १५ महिला ६४ पुरुष गरी ६९ जना पीडित भएका थिए भने अन्य पक्षबाट ९ सय ७७ महिला र १ सय ३६ पुरुष गरी १ हजार १ सय १३ जना पीडित भएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…