बन्दी रिहाई नगरे 'युद्ध विराम भँग' गर्ने अमेरिक राष्ट्रपति ट्रम्पको चेतावनी
हमासका प्रवक्ता अबु देबाइले विज्ञप्ति जारी गर्दै गाजामा विस्थापित भएकालाई फर्कन अवरोध सिर्जना गरिएको, मानिसमाथि आतङ्क फैलाइएको र आक्रमण गरिएको भन्दै बन्दी रिहाइको प्रक्रिया रोक्ने चेतावनी दिएका थिए।

२०८१ माघ २९ मंगलबार, बिहान १०:२२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासले बन्दी रिहाइ नगरे युद्ध विराम भङ्ग गर्ने चेतावनी दिएका छन्।
राष्ट्रपति ट्रम्पले हमासका लागि बन्दी रिहाइको समयसमेत दिएका छन्। उनले हमासलाई बन्दी रिहाइका लागि शनिबार १२ बजेसम्मका लागि समय दिएका छन्। उनले तोकिएको समयसम्म रिहाइ नभएमा अर्को दुर्घटना हुनसक्ने चेतावनी दिएका हुन्।
ट्रम्पले भनेको समय मध्य दिनको १२ बजे या मध्य रातको १२ भन्ने खुलाएका छैनन्। उनले सबै बन्दी रिहाइको अपेक्षा गरेको बताएका छन्।
हमासका प्रवक्ता अबु देबाइले विज्ञप्ति जारी गर्दै गाजामा विस्थापित भएकालाई फर्कन अवरोध सिर्जना गरिएको, मानिसमाथि आतङ्क फैलाइएको र आक्रमण गरिएको भन्दै बन्दी रिहाइको प्रक्रिया रोक्ने चेतावनी दिएका थिए।
हमासले यसलाई युद्ध विराम उलंघनको संज्ञा दिएको छ। युद्ध विराम उलंघनको नाममा हमासले बन्दी रिहाइको प्रक्रिया रोक्ने चेतावनी दिए लगत्तै ट्रम्पले यस्तो प्रतिक्रिया दिएका हुन्।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…