हँसपुर नगरपालिकाको थप जिम्मेवारीमा लेखा अधिकृत महतो
न्यूज बेरुजूमा कार्य गर्दै आएका लेखा अधिकृत महतोले हँसपुरमा सुशासन र न्यून बेरुजू बनाउनको लागि प्रमुख प्रशासकीय अधिकृत सर्वजीत झाको समन्वयले काम गर्ने बताएका छन् । नगर प्रमुख, उपप्रमुखसहित वडाध्यक्षहरुको रोहबरमा उनले हँसपुरको जिम्मेवारी सम्होलका हुन् । लेखा अधिकृत महतो कुशल कर्मचारीको रुपमा चिनिएका छन् ।

२०८१ माघ २८ सोमबार, बेलुकी ७:०२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको कमला नगरपालिकाका लेखा अधिकृत सँजीव कुमार महतो हँसपुर नगरपालिकाको थप जिम्मेवारी पाएका छन् ।
सोमबार नगर प्रमुख प्रदीप कुमार यादव र उपमेयर दुर्गा देवी मण्डलसहित ९ वटै वडाका वडाध्यक्षको रोहबरमा लेखा अधिकृत सँजीव कुमार महतोले थप जिम्मेवारी सम्हालेका छन् ।
प्रमुख प्रशासकीय अधिकृत सर्वजीत झाले लेखा अधिकृत महतोलाई हँसपुर नगरपालिकामा जिम्मेवारी तोकेका छन् ।
कमला नगरपालिकामा सौहार्द कार्य सम्पादन गरिरहेका लेखा अधिकृत महतोले अब हँसपुर नगरपालिकाको आर्थिक कारोबार समेत सम्हाल्ने भएका छन् ।
न्यून बेरुजूमा कार्य गर्दै आएका लेखा अधिकृत महतोले हँसपुरमा विकास, समृद्धि र सुशासन तथा न्यून बेरुजू बनाउनको लागि हँसपुर नगरपालिकाको अनुरोधमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले उनलाई जिम्मेवारी तोकेको हो ।
नगर प्रमुख, उपप्रमुखसहित वडाध्यक्षहरुको रोहबरमा उनले हँसपुरको जिम्मेवारी सम्होलका हुन् । लेखा अधिकृत महतो कुशल कर्मचारीको रुपमा चिनिएका छन् । लेखा अधिकृत महतो लेखा समूह धनुषा जिल्लाको उपाध्यक्ष समेत रहेका छन् ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…