धनुषामा डीप बोरिँगको ट्रान्सफर्मर चोरी
ट्रान्सफर्मर चोरी भएपछि किसानहरु सिचाइको लागि निकै चिन्तित बनेको छ । ट्रान्सफर्मर सोमबार राती चोरी भएको छ । बिहान १० बजे गाउँका किसानहरु डिप बोरिङ्गको विद्युत ट्रान्सफर्मर नदेखे पछि वडा अध्यक्षलाई जानकारी गराएका थिए ।

२०८१ माघ २३ बुधबार, बिहान ७:५८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ५ ललियाबाट डिप बोरिङ्गको विद्युतीय ट्रान्सफर्मर चोरी भएको छ ।
चोरी गर्ने समुहले ११ हजार भोल्टेजबाट ट्रान्सफर्मरको तार हटाई त्यहाँ रहेको ५० केभिएको ट्रान्सफर्मर चोरी भएको मिथिला बिहारी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष सुरेन्द्र कुमार मण्डलले बताए ।
चोरी गर्ने समूहले तामाको तार र त्यहाँ रहेको तेलका लागि ट्रान्सफर्मरको चोरी गरेको र चोरी गर्ने समूहको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक गणेश खनालले बताए।
ट्रान्सफर्मर चोरी भएपछि किसानहरु सिचाइको लागि निकै चिन्तित बनेको छ ।
ट्रान्सफर्मर सोमबार राती चोरी भएको छ । बिहान १० बजे गाउँका किसानहरु डिप बोरिङ्गको विद्युत ट्रान्सफर्मर नदेखे पछि वडा अध्यक्षलाई जानकारी गराएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…