'म जाति हेरेर होइन, कलाकारसँग बिहे गरेको छुः कलकत्तिया बाली 

२०८१ माघ १७ बिहीबार
बिहान ०८:०६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । समाजिक सँजालमा चर्चामा रहँदै आएका धनुषाका अविनाश झा उर्फ कलकतियावालीले बिहे गरेका छन् । महिलाको अभिनय गर्दै आएका अभिनास झाको कलाकारिता प्रायः सबैलाई मन पराएको कला हो । 

सोही कलाको कारण चिनिएका अभिनास झा गत माघ १४ गते विधिवत रुपमा जिल्ला अदालत धनुषामा बिहे गरेका छन् । झासँगै काम गर्ने अन्सा सदासँग उनले कानुनी विवाह गरेका हुन् । 

अन्सा सदासँग कानुनी विवाह गरेपछि विभिन्न टिकाटिप्पणीको सामना गर्नुपरेको व्यवथा कलाकार झाले सुनाए । उनले जातकै कारण आफूलाई विभिन्न समाजिक सँजाल मार्फत ट्रोल गरेको दुःखेसो पोखे ।

न्यूज ब्यूरोसँगको कुराकानीमा कलकतियाबाली उर्फ अभिनास झाले जातिगत कारण उनकै केही अडियन्सहरुले लक्षित गरी ट्रोल गरेकोप्रति दुःख प्रकट गरे । उनले भने, –“म कुनै जातलाई हेरेर उनलाई अपनाएको छैन वा विवाह गरेको छैन, कानुनी रुपमा अदालतमै विवाह गरेको छु । अन्साको के जात हो मलाई कुनै मतलब छैन, उसको कलाकारितासँग मैले बिहे गरेको छु । उसमा कला छ, सँगै काम गरेकी छिन्, त्यसैले उनीसँग बिहे गरेको छु । कलाकारितामा जातपात हुँदैन । यसरी समाजिक सँजालमा भिडियो बनाएर ट्रोल गर्नु उचित होईन् ।”

बर्षौदेखि कलाकारिता क्षेत्रमा रम्दै आएका अविनास झा आफ्नो कलाले चिनिएका कलाकार हुन् । २०६७ सालदेखि नै कलाकारिता क्षेत्रमा कार्य गर्दै आएका उनी रेडियो नाटकबाट आफ्नो करियरको सुरुवात गरेका थिए । 

समाजिक सँजालहरुको आगमनसँगै उनले नयाँ प्लेटफर्म पाउन सफल भए । अहिले उनको युटुब च्यानल, फेसबुकमा समेत उनको कमेडी भिडियोहरु मन पराउनको सँख्या अधिक छ । उनी आफ्नो काममा विश्वास गर्ने कलाकार हुन् ।

तराई मधेश क्षेत्रसहि भारतको बिहारमा समेत आफ्नो पहिचान बनाएका अविनास झा र अन्सा सदालाई वैवाहिक जीवनको कामना गर्दछौँ ।

  • 38%
  • 22%
  • 5%
  • 3%
  • 1%
  • 6%

जसपाका जिल्ला अध्यक्ष अहिले बच्चा छ, बलियो र कमजोर आउने समयले तय गर्नेछः नेता झा

  • २०८१ माघ १७ बिहीबार

न्यूज ब्यूरो्, जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टी एकिकृत समाजवादी पार्टी (नेकपा एस) का नेता रामचन्द्र झाले जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष पशुपति यादवलाई राजनीतिमा बच्चाको सँज्ञा दिएका छन् ।  आईतबार जसपा

पूरा पढ्नुहोस्

Bureau Menus