महाकुम्भमा एकैदिन ४ करोड बढी श्रद्धालु पुगे, भागदौड मच्चिदाँ १५ बढीको ज्यान गएको आंशका

२०८१ माघ १६ बुधबार
बिहान ०९:४१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  भारतको प्रयागराज महाकुम्भमा भागदौड हुँदा १५ जनाभन्दा धेरैको ज्यान गएको आशङ्का गरिएको छ । 

विशाल धार्मिक उत्सवको क्रममा भागदौड हुँदा १५ जनाभन्दा धेरैको ज्यान गएको आशङ्का गरिएको छ । घटनामा अरु धेरै घाइते भएका सुरक्षाकर्मीलाई उद्धृत गरी भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

गएराति साढे एक बजेतिर कुम्भ मेलाका क्रममा एउटा घाटमा भागदौड भएको थियो । घटनामा घाइते भएका र ज्यान गुमाएकाहरुको यकिन सङ्ख्या र आधिकारिक पुष्टि हुन बाँकी नै छैन ।

विश्वको सबैभन्दा ठूलो धार्मिक मेलामध्येको एक कुम्भ मेलामा अमृत स्नानका दिन आज एकैदिन दश करोडभन्दा धेरै मानिस उपस्थित हुने अपेक्षा गरिएको थियो ।

भागदौडका कारण अमृत स्नान रद्ध भएको छ । तर अझै हजारौँ मानिसहरुले पवित्र स्नान लिन खोजिरहेका छन् । कुम्भ मेलामा भएको भागदौडपछि सुरक्षाकर्मीले भीडभाडलाई नियन्त्रण गर्ने प्रयास गरिरहेका छन् ।

गएको जनवरी १३ तारिखदेखि शुरू भएको महाकुम्भमा अहिलेसम्म १५ करोड मानिसले गङ्गामा स्नान गरेका छन् ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%
  • 0%

धनुषा हँसपुरको नयाँ अधिकृतमा ओम प्रकाश महतो, प्रशासनिक बेतिथि हटाउने प्रतिवद्धता

  • २०८१ माघ १६ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको हँसपुर नगरपालिकाको नयाँ अधिकृतमा उपसचिव ओम प्रकाश महतो कार्यभार सम्हालेका छन् ।  सोमबार एक कार्यक्रमबीच अधिकृत महतो हाजिर भएका हुन् । सोमबार दिउँसो उनलाई नगर प्रमुख

पूरा पढ्नुहोस्

Bureau Menus