
न्यूज ब्यूरो, सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर १५ स्थित सर्लाही र सिन्धुलीको सिमाना चुरे पहाडमा बस दुर्घटना भएको छ ।
मँगलबार दिउँसो लालबन्दी बजारबाट सिन्धुलीको मरिण हुँदै छापसम्म पुग्ने यात्रु बस चुरे पहाडमा बिपरित दिशाबाट आउँदै गरेको जन्ती बसलाई साईड दिने क्रममा दुर्घटनामा परेको त्यहाँबाट प्रत्यक्षदर्शि प्रज्ञान विश्वकर्माले जानकारी दिए ।
बा २ ख ६४३३ नम्बरको काल्तान ट्राभल्सले जन्ती बसलाई साईड दिने क्रममा चिप्लिएर खोल्सामा खसेको हो ।
बस झाडीमा पल्टिए पनि कुनै मानविय क्षति भने नभएको खबर प्राप्त भएको छ । त्यहाँ अस्थायी प्रहरी पोष्ट परवानीपुरबाट असई शम्भु चौधरीको नेतृत्वमा ३ जना र २ जना ट्राफिक प्रहरीको टोली गएको छ ।
- २०८१ माघ १५ मंगलबार