सर्लाहीको लालबन्दीमा बस दुर्घटना
मँगलबार दिउँसो लालबन्दी बजारबाट सिन्धुलीको मरिण हुँदै छापसम्म पुग्ने यात्रु बस चुरे पहाडमा बिपरित दिशाबाट आउँदै गरेको जन्ती बसलाई साईड दिने क्रममा दुर्घटनामा परेको त्यहाँबाट प्रत्यक्षदर्शि प्रज्ञान विश्वकर्माले जानकारी दिए ।

२०८१ माघ १५ मंगलबार, बेलुकी ७:५९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर १५ स्थित सर्लाही र सिन्धुलीको सिमाना चुरे पहाडमा बस दुर्घटना भएको छ ।
मँगलबार दिउँसो लालबन्दी बजारबाट सिन्धुलीको मरिण हुँदै छापसम्म पुग्ने यात्रु बस चुरे पहाडमा बिपरित दिशाबाट आउँदै गरेको जन्ती बसलाई साईड दिने क्रममा दुर्घटनामा परेको त्यहाँबाट प्रत्यक्षदर्शि प्रज्ञान विश्वकर्माले जानकारी दिए ।
बा २ ख ६४३३ नम्बरको काल्तान ट्राभल्सले जन्ती बसलाई साईड दिने क्रममा चिप्लिएर खोल्सामा खसेको हो ।
बस झाडीमा पल्टिए पनि कुनै मानविय क्षति भने नभएको खबर प्राप्त भएको छ । त्यहाँ अस्थायी प्रहरी पोष्ट परवानीपुरबाट असई शम्भु चौधरीको नेतृत्वमा ३ जना र २ जना ट्राफिक प्रहरीको टोली गएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…