एमालेसँग सहकार्य गर्ने कुनै सम्भावना छैनः प्रचण्ड
उनले बिचौलियाहरूको सेटिङ भत्काउन खोज्दा चलखेल गरेर असंवैधानिक रूपमा सङ्ख्याको बलमा आफूलाई हटाउने खेल भएको दोहोर्‍याए । अध्यादेशबाट शासन गर्ने गलत परम्परा देखिएपछि विपक्षीहरू एक भएर सदन बोलाउन दबाब दिएकै कारण सरकारले सदन आह्वान गरेको उनको भनाइ छ ।

२०८१ माघ १२ शनिबार, बेलुकी ७:४५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, दाँग । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग सहकार्य गरेर चुनाव लड्ने कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन् ।
प्रेस सेन्टर दाङले शनिबार घोराहीमा गरेको पत्रकार भेटघाटमा अध्यक्ष प्रचण्डले एमालेसँगको एकता र त्यसपछिको सहकार्य धेरै दिन टिक्न नसकेको भन्दै अब एमालेसँग सहकार्य गरेर चुनाव लड्ने कुनै सम्भावना नरहेको स्पष्ट पारेका हुन् ।
उनले ८४ को निर्वाचन माओवादीले आफ्नै शक्तिको बलमा लड्ने निर्णय पार्टीले समेत गरिसकेको उल्लेख गरे । प्रचण्डले माओवादीका धेरै कमीकमजोरीलाई सुधार गर्दै जनताको विश्वास जित्ने गरी अघि बढ्ने उल्लेख गरे ।
उनले बिचौलियाहरूको सेटिङ भत्काउन खोज्दा चलखेल गरेर असंवैधानिक रूपमा सङ्ख्याको बलमा आफूलाई हटाउने खेल भएको दोहोर्याए । अध्यादेशबाट शासन गर्ने गलत परम्परा देखिएपछि विपक्षीहरू एक भएर सदन बोलाउन दबाब दिएकै कारण सरकारले सदन आह्वान गरेको उनको भनाइ छ ।
प्रचण्डले अव विपक्षीहरू सामूहिक रूपमा अघि बढ्ने र समाजवादी मोर्चालाइ समेत सक्रिय बनाउने धारणा राखे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…