दुबईबाट फर्केका धनुषाका राजलाल यादव इण्डियामा हराए, परिवारजन बिचल्लीमा
एयर इन्डियाको टिकट लिएर घर फर्किनुपर्नेमा उनी भारतबाटे बेपत्ता भएका छन् । जानकारी अनुसार, भारतको मुम्बईमा उनको प्लेन होल्ड भएर उनी हराएको हो । परिवारजनका अनुसार, नेपालको टिकट लिनुपर्नेमा झुक्किएर भारत मुम्बई सम्मको मात्र टिकट लिएको जनाएको छ । यद्यपी, टिकटहरुमा पनि मुम्बई नै अराइलभ देखाएको हो ।

२०८१ माघ ८ मंगलबार, बिहान १०:१५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । दुबईबाट नेपाल आउनुपर्नेमा उनले झुक्किएर भारतको टिकट काटेपछि परिवारजनबाट सम्पर्कविहिन भएका छन् ।
गत विहिबार नै दुबईबाट घरको लागि प्लेनमा उडेका धनुषा शहिदनगर नगरपालिका वडा नम्बर १ बघवन बस्ने अन्दाजी ५० बर्षिय राजलाल यादव सम्पर्कविहिन भएका छन् । उनलाई टिकट नेपालको लिनुपर्नेमा उनले भारत मुम्बईको टिकट लिएको देखिएको छ ।
एयर इन्डियाको टिकट लिएर घर फर्किनुपर्नेमा उनी भारतबाटे बेपत्ता भएका छन् । जानकारी अनुसार, भारतको मुम्बईमा उनको प्लेन होल्ड भएर उनी हराएको हो । परिवारजनका अनुसार, नेपालको टिकट लिनुपर्नेमा झुक्किएर भारत मुम्बई सम्मको मात्र टिकट लिएको जनाएको छ । यद्यपी, टिकटहरुमा पनि मुम्बई नै अराइलभ देखाएको हो ।
वैदेशिक रोजगारीको क्रममा दुबई गएका राजलाल यादव भारतबाट हरारहेका छन् । उनलाई खोजबिन गर्नको लागि दुतावासको सहयोग लिने जनाइएको छ ।
परिवारजनका अनुसार, भारतमा कसैले भेटेमा नम्बरमा सम्पर्क गरी जानकारी दिनुहुन अनुरोध छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…