अपहरणमा परेका बालकलाई २४ घण्टाभित्रै उद्धार, तीन अपहरणकारी पक्राउ
अपहरणकर्ताहरुको साथबाट हातहतियार समेत बरामद भएको सर्लाही प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सर्लाहीको ब्रम्हपुरी गाउँपालिका वडा नं. ४ बस्ने गिरिज साहको छोरा बर्ष ६८ का रामजी साह, सोही ठाउँ बस्ने बर्ष १९ को विक्रम पासवान र भारत बिहार राज्यको सितामढी बस्ने रामपुरका साहको छोरा बर्ष २७ को प्रवचन साह रहेका छन् ।

२०८१ पुस २९ सोमबार, राति ८:११ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । सर्लाहीमा बालक अपरणकारीलाई प्रहरीले पक्राउ गरेको छ । एक १५ बर्षिय बालकलाई अहपरण गरेका तीन भारतीय नागरिकलाई पक्राउ गरेको हो ।
आईतबार करिब १ः०० बजेको समयमा एक भारतीय बालकलाई अपहरण गरी राखेको सूचना प्राप्त भएसँगै खटेका प्रहरी टोलीले बालकलाई अहपरणमुक्त गराएको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटेको टोलीले सर्लाहीको ब्रम्हपुरी गाउँपालिका वडा नम्बर ४ स्थित रामजी साह बस्ने गरेको घरकोठामा बन्धक बनाई राखेका बालकलाई सकुशल उद्वार गरिएको जनाएको छ ।
अपहरणकर्ताहरुको साथबाट हातहतियार समेत बरामद भएको सर्लाही प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सर्लाहीको ब्रम्हपुरी गाउँपालिका वडा नं. ४ बस्ने गिरिज साहको छोरा बर्ष ६८ का रामजी साह, सोही ठाउँ बस्ने बर्ष १९ को विक्रम पासवान र भारत बिहार राज्यको सितामढी बस्ने रामपुरका साहको छोरा बर्ष २७ को प्रवचन साह रहेका छन् ।
उनीहरुमाथि अपहरण, शरिरबन्धक, हातहतियार खरखजाना मुद्दामा अनुसन्धान गरिरहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…