राराब क्याम्पस जनकपुरको नयाँ क्याम्पस प्रमुखमा कर्ण नियुक्त
कर्णको क्याम्पस प्रमुखको रुपमा ३ वर्ष कार्यकाल रहनेछ । क्याम्पस प्रमुख पदबाटै अनिवार्य अवकाश हुने समय रहेको लोकतान्त्रिक विद्यार्थी संघ रा.रा.ब. ईकाई कमिटि अध्यक्ष एवम् स्वीयूका कोषाध्यक्ष प्रत्यासी समेत रहेका विद्यार्थी नेता अजय कुमार पण्डितले जानकारी दिए ।

२०८१ पुस २९ सोमबार, बिहान ८:२१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरको रा.रा.ब. क्याम्पसको नयाँ प्रमुखमा डा. बसन्त कर्ण नियुक्त भएका छन् ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गत सँचालनमा रहेको जनकपुरको रा.रा.ब. कलेजको प्रमुखमा उनलाई आईतबार नियुक्त गरिएको हो । विश्वविद्यालयबाट प्रथम पटक मेरेटोक्रेसीको अधारमा कर्णलाई नियुक्त गरिएको हो ।
कर्णको क्याम्पस प्रमुखको रुपमा ३ वर्ष कार्यकाल रहनेछ । क्याम्पस प्रमुख पदबाटै अनिवार्य अवकाश हुने समय रहेको लोकतान्त्रिक विद्यार्थी संघ रा.रा.ब. ईकाई कमिटि अध्यक्ष एवम् स्वीयूका कोषाध्यक्ष प्रत्यासी समेत रहेका विद्यार्थी नेता अजय कुमार पण्डितले जानकारी दिए ।
उनले क्याम्पस भित्र मौलाउदै गरेको गुण्डागर्दी, दादागिरी र लापरबाहीको विरुद्ध नयाँ कदम चालिने विश्वास जनाए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…