न्यूज ब्यूरो, जनकपुरधाम । चीनमा मंगलबार बिहान गएको भूकम्पमा परी ३२ जनाको मृत्यु भएको छ । तिब्बतस्थित क्षेत्रीय विपद् राहत मुख्यालयलाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले ३२ जनाको मृत्यु भएको उल्लेख गरेको छ ।
सिन्ह्वाका अनुसार भूकम्पको केन्द्रविन्दु २८.५ डिग्री उत्तर अक्षांश र ८७.४५ डिग्री पूर्व देशान्तरमा मापन गरिएको थियो ।
आज बिहान नेपाली समय अनुसार ६ बजेर ५० मिनेटमा चीनको जिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँमा केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको थियो ।
भूकम्पको धक्का नेपालमा समेत महसुस भएको थियो । नेपालको भूकम्प मापन केन्द्रले ७ म्याग्निच्युडको भूकम्प गएको रेकर्ड राखे पनि चीनको भूकम्प नेटवर्क केन्द्रले ६.८ तीव्रता मापन गरेको छ । यो भूकम्प १० किलोमिटर गहिराइमा थियो ।
चिनियाँ सञ्चार माध्यमहरुका अनुसार भूकम्पका कारण दिङ्गी काउन्टीको चाङ्गसुओ क्षेत्रका गाउँमा घरहरु भत्किएका छन् ।
चीनको भूकम्प नेटवर्क केन्द्रका अनुसार आज भूकम्प गएको स्थानदेखि २०० किलोमिटर वरपरको क्षेत्रमा विगत पाँच वर्षको अवधिमा ३ म्याग्निच्युड माथिका २९ वटा भूकम्प गएको रेकर्ड छ । तर, आज बिहानको भूकम्प सबैभन्दा शक्तिशाली हो ।
धनुषाका तत्कालिन कृषि हाकिमसहित ८ सरकारी कर्मचारीमाथि भ्रष्टाचार मुद्दा
- २०८१ पौष २३ मंगलबार
न्यूज ब्यूरो, जनकपुरधाम । कृषि ज्ञान केन्द्र धनुषाका तत्कालिन प्रमुखसहित ८ जना सरकारी कर्मचारीमाथि मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाका कृषि हाकिमसहित भूमि व्यवस्था, कृषि तथा सहकारी
पूरा पढ्नुहोस्