न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिका अन्तर्गतका विद्यालयहरु भोलीदेखि विदा हुने भएको छ ।
तराई मधेशमा शितलहर बढेसँगै वार्षिक रुपमा दिँदै आएको जाडो विदा अन्तर्गत नगरपालिकाले भोली सोमबारदेखि आउँदो माघ २ गतेसम्मको लागि विदा दिने निर्णय गरेको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रँजित कुमार यादवले आईतबार एक सूचना जारी गर्दै भोली सोमबारदेखि माघ २ गतेसम्म समुदायिक तथा सँस्थागत विद्यालयहरु बन्द रहने जनाएको छ ।
अत्यधिक चिसो बढेपछि बालिकाहरुको स्वास्थ्यमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै अधिकृत यादवले जनप्रतिनीधिहरुको समन्वयमा विदा दिएका हुन् । माघ ३ गते विहिबारदेखि पुनः विद्यालय सँचालन हुने जनाईएको छ ।
६ बुँदे माग राखी सिरहाको औरही गाउँपालिकामा जनमतको ज्ञापन
- २०८१ पौष २१ आइतबार
न्यूज ब्यूरो, सिरहा । सिरहाको औरही गाउँपालिकामा बेतिथि बढदै गएको भन्दै जनमत पार्टीका कार्यकर्ताहरुले ६ बुँदे मागसहित ज्ञापन पत्र बुझाएको छ । बुधबार गाउँपालिकाको कार्यालय पुगेर जनमतका नेता कार्यकर्ताहरुले विभिन्न मागहरु
पूरा पढ्नुहोस्