जय ट्रफीमा मधेश प्रदेशको कमजोर प्रदर्शन, पुलिस क्लबबाट ललितले लिए ७ विकेट

२०८१ पौष २१ आइतबार
बेलुकी ६:५१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आइतबारदेखि सुरू भएको जय ट्रफी मेन्स एलिट कप २०८१ अन्तर्गत आइतबार पहिलो दिनको दुवै खेल सकिएको छ ।

आइतबार पर्साको वीरगन्जमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब तथा धनुषाको जनकपुरमा बागमती प्रदेश र मधेश प्रदेशबीच पहिलो दिनको खेल भएको थियो ।

पर्सामा टस हारेर पहिले ब्याटिङ गरेको आर्मी मध्यम योगफलमा सीमित भएको थियो । आर्मी ३४.४ ओभरमा १२१ रनमा समेटियो । कुशल मल्लले सर्वाधिक २५ रन बनाए भने भीम सार्कीले २२ र कप्तान विनोद भण्डारीले २१ रन बनाए ।

पुलिसका ललित राजवंशी एक्लैले सात विकेट लिए । ललितले १७.४ ओभरमा ४७ रन दिएर ७ विकेट लिएका हुन् । त्यस्तै कुशल भुर्तेल, सर्वन यादव र राशिद खानले १-१ विकेट हात पारे । ललितले सन्तोष कार्की, तृतराज दास, सोमपाल कामी, बसिर अहमद, विवेक यादव, शाहब आलम र आकाश चन्दको विकेट लिएका थिए ।

जवाफमा पुलिसले पहिलो दिनको समाप्तिमा २४ ओभर खेलेर ७ विकेटको क्षतिमा १०३ रन बनाएको छ । पुलिस अब अग्रताबाट १८ रन मात्र पछाडि छ । उसका गुल्शन झा ३४ रनमा अविजित छन् । आर्मीका साहब आलमले ५ विकेट लिँदा सोमपाल कामी र पवन कार्कीले १/१ विकेट लिएका छन् ।

त्यसैगरी जनकपुरमा भइरहेको बागमती प्रदेश र मधेश प्रदेशबीचको अर्को खेलमा टस जितेर ब्याटिङ गरेको मधेशले ३५.२ ओभरमा अलआउट हुँदै १०२ रन बनाएको थियो । मधेशका मयन यादवले सर्वाधिक २१ रन बनाए । बागमतीका सन्दीप लमािछानेले ५ विकेट लिँदा सुर्य तामाङले ३ विकेट तथा नन्दन यादव र प्रतिश जिसीले १/१ विकेट लिए ।

जवाफमा बागमतीले १३ ओभर खेल्दा २ विकेट गुमाएर ३४ रन बनाएको छ । बागमतीका शुभ कंसाकार २२ तथा इशान पाण्डे ९ रन बनाएर खेलिरहेका छन् । मधेशका रुपेश सिंह र विशाल पटेलले १(१ विकेट लिएका छन् ।

पहिलो दिनको खेलमा स्पीनरहरूले घातक बलिङ गर्दा ब्याटरहरूले संघर्ष गरे । पहिलो दिन खसेका कुल २९ विकेटमध्ये २२ विकेट स्पीनरको नाममा रह्‍यो । तीन खेलाडीले ५विकेट फिगर पूरा गरेकोमा ललितले ७ विकेट नै लिए ।

सोमबार दुवै खेलको दोस्रो दिनको खेल विहानदेखि सुरू हुनेछ ।

  • 20%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

त्रिवेणी सिन्थेटिकको साढे ४ करोड बिजली बिल बुझाउन २८ किस्ता, पहिलो किस्ता तिरेपछि जोडियो लाईन

  • २०८१ पौष २१ आइतबार

न्यूज ब्यूरो, वीरगँज । बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित त्रिवेणी सिन्थेटिक यार्न इण्डस्ट्रिजले डेडिकेटेड तथा ट्रङ्क लाइनबाट उपभोग बिजुलीको बक्यौताको पहिलो किस्ता बुझाएको छ ।  नेपाल विद्युत् प्राधिकरणलाई उक्त उद्योगले पहिलो किस्ता

पूरा पढ्नुहोस्

Bureau Menus