भोलीदेखि पुस महिनाभरि जनकपुरभित्रका विद्यालयहरु बन्द रहने
जनकपुरधाम उपमहानगरपालिकाका शिक्षा तथा खेलकुद शाखाका अधिकृत धीरेन्द्रलाल कर्णद्धारा जारी गरिएको सूचनामा पुस १९ गते शुक्रबारदेखि पुस २९ गते सोमबारसम्म विदा रहने भएको छ ।

२०८१ पुस १८ बिहीबार, बिहान ९:४६ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाभित्र रहेको समुदायिक तथा सँस्थागत विद्यालयहरु भोलीदेखि पुस मसान्तसम्म बन्द रहने भएको छ ।
शितलहर बढेपछि जनकपुरभित्र सँचालनमा रहेका विद्यालयहरु भोली पुस १९ गतेदेखि पुस २९ गतेसम्म जाडो विदा दिएको हो । विभिन्न विदाहरु कटौती गरी नगरपालिकाले विदा दिएको हो ।
अत्यधिक चिसो र जाडोको कारण बालबालिकाहरुको स्वास्थ्यमा पर्न सक्ने गम्भिर असरलाई मध्यनजर गर्दै उपमहानगरपालिकाले एक सूचना जारी गर्दै २९ गतेसम्म विद्यालयहरु विदा रहने जनाएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाका शिक्षा तथा खेलकुद शाखाका अधिकृत धीरेन्द्रलाल कर्णद्धारा जारी गरिएको सूचनामा पुस १९ गते शुक्रबारदेखि पुस २९ गते सोमबारसम्म विदा रहने भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…