हिन्दु सम्राट सेनाले भन्यो -'हामी मधेशी होइनौँ'
हिन्दु सम्राट नेपालका नेतृत्व, कार्यकर्ताहरुले आज जनकपुरमा मिथिला पहिरन दिवस मनाउने घोषणा गरेको छ । यद्यपी, उनीहरुले धोती, कुर्ता पगडी हमर पहिचान भनेर उल्लेख गरेपनि पोष्टरमा आफूहरु मधेशी नभएर मैथिल भएको मात्र लेखेपछि दोहोरो अर्थ लगाइएको हो ।

२०८१ पुस १७ बुधबार, बिहान ९:१८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरसहित तराई मधेशको केही जिल्लामा सक्रिय रहेको हिन्दु सम्राट नेपाल नामक धार्मिक संगठनले मूलधारकोे राजनीतिमा प्रवेशको संकेत दिएको छ ।
हिन्दु सम्राट नेपालले आज (बुधबार) जनकपुरमा मनाउन लागेको मिथिला पहिरन दिवसमा आफूहरु मधेशी नभएको भनेर प्रष्टयाएका छन् । ती संगनका कार्यकर्ताहरुले आफ्नो समाजिक सँजालमा एक पोष्टर पोष्टयाउँदै “हम सब मधेशी नै, मैथिल छी” भनेर नारा दिएको पाइएको छ ।
जनमत पार्टीले प्रत्येक बर्ष मनाउँदै आएको धोती दिवस यसपाली पनि मनाउने तय गरेपछि हिन्दु सम्राट नेपालले त्यसको विरोध गर्दै आफूहरु मधेशी नभएको प्रष्टयाउन खोजेपछि उनीहरु मूलधारको राजनीतिमा आउन लागेको संकेत दिएको छ ।
हिन्दु सम्राट नेपालका नेतृत्व, कार्यकर्ताहरुले आज जनकपुरमा मिथिला पहिरन दिवस मनाउने घोषणा गरेको छ । यद्यपी, उनीहरुले धोती, कुर्ता पगडी हमर पहिचान भनेर उल्लेख गरेपनि पोष्टरमा आफूहरु मधेशी नभएर मैथिल भएको मात्र लेखेपछि दोहोरो अर्थ लगाइएको हो ।
नेपालको केही भूभागसहित भारतको केही भूभागमा रहेको छ । मधेश प्रदेश अन्तर्गत यहाँको केही भागलाई मिथिलाञ्चल भनिएको छ ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…