जनकपुर बोल्ट्सको व्यवस्थापकको लापरवाहीले वीरगँजमा बिजेता खेलाडीहरुलाई भएन स्वागत
उनले वीरगँज आउनुभन्दा एक घण्टा अघि मात्र जानकारी भएपछि त्यस अन्तरालमा सोँचे अनुसारको व्यवस्थापन असम्भव थियो । जनकपुर बोल्टसको टीम व्यवस्थापक पक्षकले समयमा समन्वय नगर्दा त्यस्तो समस्या उत्पन्न भएको बताए ।

२०८१ पुस १५ सोमबार, बिहान १०:०९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । एतिहासिक नेपाल प्रिमियर लिगको पहिलो सिजनका बिजेता जनकपुर बोल्ट्सलाई मधेश प्रदेशको आर्थिक नगरी वीरगँजमा अपेक्षाकृत रुपमा स्वागत गरिएनन् ।
आईतबार वीरगँजमा स्वागतको कार्यक्रम तय भएपनि जनकपुर बोल्ट्स टीमको व्यवस्थापक पक्षले सम्बन्धित निकाय, व्यक्तिहरुसँग समयमा समन्वय नगर्दा भव्य रुपमा स्वागत नभएको जनाइएको छ ।
व्यवस्थापक पक्षकले आईतबार वीरगँजमा ट्रफी परेड हुने जानकारी दिएपनि स्थानीय सरकार (मेयर) वा अन्य निकायसँग कुनै समन्वय नभएपछि खेलाडीहरुलाई अपेक्षाकृत अनुसार स्वागत नभएको हो । मधेश प्रदेशको आर्थिक नगरी रहेको पर्सा जिल्लाको सदरमुकाम वीरगँजमै खेलाडीहरुलाई स्वागत नभएपछि समाजिक सँजालमा विभिन्न टिकाटिप्पणी भईरहेको छ ।
न्यूज ब्यूरोका वीरगँज सहकर्मी सौरभ शाहले वीरगँजमा खेलाडीहरु आउँदा धेरैलाई जानकारी समेत नभएको प्रतिक्रिया दिए । उनले यहाँसम्म की वीरगँज महानगरका मेयरलाई पनि सहकार्य नगरेपछि त्यस्तो हुन गएको बताए ।

उनले वीरगँज आउनुभन्दा एक घण्टा अघि मात्र जानकारी भएपछि त्यस अन्तरालमा सोँचे अनुसारको व्यवस्थापन असम्भव थियो । जनकपुर बोल्टसको टीम व्यवस्थापक पक्षकले समयमा समन्वय नगर्दा त्यस्तो समस्या उत्पन्न भएको बताए ।
आईतबार वीरगँज आउने सूचना मात्र प्राप्त भएको तर कति बेला आउने भनेर कुनै जानकारी नभएको कारण पनि त्यस्तो हुन गएको प्रतिक्रिया उनले दिए । उनका अनुसार, समयमै भव्य परेड नभएपनि शक्तिपीठहरुमा दर्शन गर्न पुग्दा मात्र सयौँको सँख्यामा फ्यानहरु पुगिसकेको थियो । जानकारी भएको भए हजारौँ हुन्थ्यो ।
वीरगँज महानगरमा ट्रफी परेडको लागि भव्य सजाबट हुने अपेक्षा अनुसार कार्यक्रम गर्न सकिएनन् । यो वीरगँजवासीको होइन, टीम व्यवस्थापकको गल्ती सुझाए ।
जनकपुर बोल्टस्का मार्की खेलाडी आशिफ शेखका गृहनगर हो वीरगँज । टिमका कप्तान अनिल साह बाराका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…