मुख्यमन्त्री सिँहले अर्थमन्त्री रायलाई सोधेको स्पष्टिकरण स्टन्टाबाजी मात्रः पूर्व मुख्यमन्त्री यादव
केन्द्रीय उपाध्यक्षसमेत रहेका पूर्वमुख्यमन्त्री लालबाबु राउतले छलफल सम्बन्धी जानकारी दिँदै विगत लामो समयदेखि प्रदेशसभाको बैठक किन बस्न नसकेको र यसका लागि दलहरु सचेत किन नभएको भन्दै यस विषयलाई गम्भीर रुपमा उठान गरिएको बताए ।

२०८१ पुस १५ सोमबार, बिहान ८:४२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सत्तारुढ दलबीच समन्वयको अभाव भइरहेको बेला मुख्यमन्त्री सतीश कुमार सिंहले अर्थमन्त्री सुनिल कुमार रायलाई सोधेको स्पष्टीकरण स्टन्टबाजी रहेको आरोप लगाइएको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेश प्रदेश संसदीय दलका नेता समेत रहेका निवर्तमान मुख्यमन्त्री सरोज कुमार यादवले अर्थमन्त्रीले असहयोग गरे सोझै हटाउने अधिकार भएका मुख्यमन्त्रीले स्टन्टबाजी गर्न पत्र काटेको आरोप लगाए ।
निवर्तमान मुख्यमन्त्री यादवले भने, ‘मुख्यमन्त्रीले चाहेको बखत मन्त्रीलाई बर्खास्त गर्न सक्छन्’ उनले अघि थप्दै भने, मन्त्रीलाई स्पष्टीकरण सोध्ने र ब्रीफिंग लिने काम स्टन्टबाजी बाहेक केही होइन । तर मुख्यमन्त्री सिंहले अर्थमन्त्री रायसित मन्त्रालयको प्रगति, गर्नुपर्ने कामकाजलगायतको विषयमा लिखित जानकारी मात्र मागेको बताए ।
‘विकास निर्माण सम्बन्धी ठूला योजनाहरुको टेण्डर प्रक्रिया अगाडि बढेको छ ’ उनले भने, साना योजनाहरुको हकमा दलहरुसित समन्वय भइरहेको छ । प्रदेशसभाको बैठक पहिले पनि स्थगन र सञ्चालन हुने गरेको अहिले बजेट अधिवेशन सकेर विधेयक अधिवेशन बोलाउने तयारी भइरहेको उनले बताए ।
जसपा नेपालले विगत लामो समयदेखि अवरुद्ध रहेको प्रदेशसभाको बैठक तत्कालै सुचारु गर्न माग गरेको छ । जसपा नेपालको आइतबार बसेको संसदीय दलको बैठकमा प्रदेशसभा वैठकदेखि विकास निर्माणको खर्च सम्बन्धी छलफल भएको जसपा नेपालका निवर्तमान मुख्यमन्त्री यादवले सरकार जनसरोकारको विषयलाई वेवास्ता गरेकाले दलहरुप्रति आक्रोश बढ्न थालेको बताए ।
केन्द्रीय उपाध्यक्षसमेत रहेका पूर्वमुख्यमन्त्री लालबाबु राउतले छलफल सम्बन्धी जानकारी दिँदै विगत लामो समयदेखि प्रदेशसभाको बैठक किन बस्न नसकेको र यसका लागि दलहरु सचेत किन नभएको भन्दै यस विषयलाई गम्भीर रुपमा उठान गरिएको बताए ।
आर्थिक वर्ष ०८१/०८२ को बजेट अहिलेसम्म खर्च हुन नसक्नु दुःखद रहेको उनले बताए । ‘बजेट अन्तर्गत अहिलेसम्म शून्य खर्च भएको छ, कार्यान्वयन किन नभएको, विकास निमार्णको बजेट ६ महिनासम्म शून्य रहेको छ’ उनले भने, ‘६ महिना देखि कृषि विश्वविद्यालयका कर्मचारीहरुले तलव पाउन सकेका छैन । नीति तथा कार्यक्रमको कार्यान्वयन गर्न कसले रोकेको छ ? आजको जनकपुर टुडेमा समाचार छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…