प्रहरी हत्यामा प्रहरीकै संलग्नता, तिवारीसहित तीन जना प्रहरी पक्राउ
रुम्बाको हत्या व्यक्तिगत रिसइबी तथा आर्थिक लाभको कारण भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । पक्राउमा परेकाहरुसँग थप सोधपुछ जारी रहेकोले घटनाको यकिन कारण खुल्न बाँकी रहेको अनुसन्धानको नेतृत्व गरिरहेका प्रहरी अधिकृतले जनाए ।

२०८१ पुस १४ आइतबार, बिहान ७:२३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । एक हप्ता अगाडी बाराका प्रहरी भान्से राजकुमार रुम्बाको हत्या प्रकरणमा संलग्न अभियोगमा प्रहरीले राष्ट्रिय अनुसन्धान विभागका इन्सपेक्टर श्रीकान्त तिवारीसहित तीन जनालाई पक्राउ गरेको छ ।
प्रहरीको भान्से रुम्बालाई एक हप्ता अगाडी गोली प्रहारगरी हत्या गरिएको थियो । प्रहरीले उक्त घटनाको सुक्ष्म अनुसन्धानको क्रममा इन्सपेक्टर तिवारीसमेत तीन जनालाई नियन्त्रणमा लिइएको छ । घटनामा उनीहरुको संलग्नताको प्रमाण प्राप्त गरिसकेपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।
रुम्बाको हत्या व्यक्तिगत रिसइबी तथा आर्थिक लाभको कारण भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । पक्राउमा परेकाहरुसँग थप सोधपुछ जारी रहेकोले घटनाको यकिन कारण खुल्न बाँकी रहेको अनुसन्धानको नेतृत्व गरिरहेका प्रहरी अधिकृतले जनाए ।
घटनामा संलग्न अभियोगमा तिवारी सहित पक्राउ परेका अन्य दुई जना बारा जिल्लाकै व्यक्ति छन् । तर, उनीहरुको संलग्नतावारे यकिन प्रमाण आइनसकेको भन्दै उनीहरुको विवरण गोप्य राखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…