मधेश प्रदेशः सवारी साधनको कर र जरिवानामा शतप्रतिशत छुट
ऐनको दफा ३४ को उफदफा ४ बमोजिम ऐन प्रारम्भ भएको १ वर्षभित्र म्याद नाघेको सवारी दर्ता प्रमाणपत्र नविकरण गराउँदा, सवारी साधन कर र नविकरण दस्तुरमा लाग्ने जरिवानामा शतप्रतिशत छुट दिने भएको हो ।

२०८१ पुस १० बुधबार, बिहान ९:०८ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । सवारी साधनको कर र जरिवानामा लाग्ने शुल्कलाई मधेश प्रदेश सरकारले शतप्रतिशत छुट दिने भएको छ ।
मधेश प्रदेश सरकारले “मधेश प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०८१” जारी भएपछि लागु हुने गरी सवारी साधनको नविकरणमा लाग्ने जरिवाना समेत शतप्रतिशत छुट गरेको सूचना प्रकाशित गरिएको छ ।
यातायात व्यवस्था कार्यालय जनकपुर र बीरगँजले यसको लागि सूचना जारी समेत गरिसकेको छ । अन्य जिल्लाका यातायात व्यवस्था कार्यालयले सूचना निकाल्ने क्रम जारी छ ।
ऐनको दफा ३४ को उफदफा ४ बमोजिम ऐन प्रारम्भ भएको १ वर्षभित्र म्याद नाघेको सवारी दर्ता प्रमाणपत्र नविकरण गराउँदा, सवारी साधन कर र नविकरण दस्तुरमा लाग्ने जरिवानामा शतप्रतिशत छुट दिने भएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…