मधेशीसँग भएको नश्लिय विभेदको विरोधमा जनकनन्दिनी गाउँपालिकाका कर्मचारीले पेनडाउन गर्ने
जनकन्दिनी गाउँपालिकाकी उपाध्यक्ष कमला सहगलसहित विभिन्न वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरुले घटनामा सँलग्नहरुलाई कारवाहीको लागि दबाब स्वरुप एक दिन पेनडाउन गर्ने निर्णय गरेको हो ।

२०८१ पुस ९ मंगलबार, बेलुकी ७:५० बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । काठमान्डौँमा मधेशी समुदायसँग भएको नश्लिय विभेदको विरोधमा धनुषाको जनकनन्दिनी गाउँपालिकाका कर्मचारीहरुले पेनडाउन गर्ने भएको छ ।
रँगभेदी तवरले किर्तिपुर मैदान बाहिर मधेशी समुदायका युवकहरुलाई खोजी खोजी कुटपिट गरेको भन्दै त्यसको विरोधमा विहिबार पेनडाउन गर्ने भएको छ ।
जनकन्दिनी गाउँपालिकाका गाउँपालिका प्रमुख दिपिनदेव यादवले एक प्रेस विज्ञप्ति जारी गर्दै काठमान्डौँमा नेपाल प्रिमियर लिगको अन्तिम खेलको क्रममा जनकपुर बोल्ट्स जितेपछि सुदुरपश्चिम रोयल्सका केही उच्छृँगल समर्थकहरुले रँगभेदी गरेको आरोप लगाउँदै कारवाहीको लागि दबाब दिन एक दिन पेनडाउन गर्ने निर्णय गरेको उल्लेख गरेका छन् ।
खेल समापनपछि केही अराजक समूहले जनकपुर बोल्ट्सका समर्थकमाथि रडसहित विभिन्न हातहतियारले प्रहार गरी घाईते बनाएकोप्रति आपत्ति जनाउँदै प्रहरीले कारवाही गर्नुपर्ने बताएका छन् ।
अराजक गतिविधिले दुई समुदायबीच सम्प्रादायिक फैलिन सक्ने भन्दै घटनामा संलग्नहरुलाई हदैसम्म कारवाहीको माग गर्दै विहिबार एक दिन कर्मचारीहरुले समेत पेनडाउन गर्ने निर्णय गरेको हो ।
जनकन्दिनी गाउँपालिकाकी उपाध्यक्ष कमला सहगलसहित विभिन्न वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरुले घटनामा सँलग्नहरुलाई कारवाहीको लागि दबाब स्वरुप एक दिन पेनडाउन गर्ने निर्णय गरेको हो ।
विहिबार गाउँपालिकाभित्र रहेको सबै सरकारी अड्डामा कर्मचारीहरुले पेनडाउन गरी विरोध जनाउने निर्णय गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…