नश्लिय व्यवहार गर्नेलाई उन्मुक्ति नदिऔँः समाजवादी विद्यार्थी युनियन
नश्लिय व्यवहार गर्नेलाई उन्मुक्ति नदिऔँः समाजवादी विद्यार्थी युनियन न्यूज ब्यूरो, सिरहा । काठमान्डौँमा मधेशी समुदायका केही युवकहरु उपर नश्लिय व्यवहार र अपमानजनक व्यवहार गरेको भन्दै उन्मुक्ति नदिन माग गरिएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट समाजवादी विद्यार्थी युनियन सिरहाका अध्यक्ष उमेश साहले सिरहाका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै घटनमा संलग्नलाई उन्मुक्ति नदिन आग्रह गरेका छन् । एउटै देशमा मधेशी समुदायलाई गैर नागरिकझैँ व्यवहार गर्ने प्रवृति देखाएर जनकपुर बोल्टस र सुदुरपश्चिमबीच रोयल्सबीचको खेलको क्रममा त्रिवि मैदान बाहिर कुटपिटको घटनामा प

२०८१ पुस ९ मंगलबार, बिहान ८:०२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । काठमान्डौँमा मधेशी समुदायका केही युवकहरु उपर नश्लिय व्यवहार र अपमानजनक व्यवहार गरेको भन्दै उन्मुक्ति नदिन माग गरिएको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट समाजवादी विद्यार्थी युनियन सिरहाका अध्यक्ष उमेश साहले सिरहाका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै घटनमा संलग्नलाई उन्मुक्ति नदिन आग्रह गरेका छन् ।
एउटै देशमा मधेशी समुदायलाई गैर नागरिकझैँ व्यवहार गर्ने प्रवृति देखाएर जनकपुर बोल्टस र सुदुरपश्चिमबीच रोयल्सबीचको खेलको क्रममा त्रिवि मैदान बाहिर कुटपिटको घटनामा प्रधानमन्त्रीले संवेदनशिल हुन आवश्यक रहेको ज्ञापन पत्रमा उल्लेख छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…