काठमान्डौँमा मधेशी समुदायका युवकहरु उपर आक्रमण गर्नेतलाई तत्काल कारवाही गर्नुपर्छः मुख्यमन्त्री सिँह
नेपाल प्रिमियर लिगमा त्रिभुवन विश्वविद्यालयको अन्तराष्ट्रिय क्रिकेट रँगशाला बाहिर मधेशी समुदायका युवकहरुलाई हेरी हेरी कुटपिट गरेको भिडियोहरु सार्वजनिक भएको छ भने घाईतेहरु अझै अस्पतालमा उपचाररत रहेका छन् ।

२०८१ पुस ८ सोमबार, बिहान ८:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिँहले काठमान्डौँमा मधेशी समुदायका युवकहरु उपर भएको आक्रमणको भत्सर्ना गरेका छन् ।
शनिबार नेपाल प्रिमियर लिगको अन्तिम खेलमा सुदुरपश्चिम रोयल्स र जनपकपुर बोल्टस् बीच भएको खेलमा जनकपुर बोल्टस जितेपछि सुदुरपश्चिम रोयलसका समर्थकहरुले जनकपुर बोल्टसका समर्थकहरुमाथि कुटपिट र साँघातिक आक्रमण गरेकोप्रति दुःख व्यक्त गर्दै सम्प्रादायिक कार्य गर्नेलाई कारवाहीको माग गरेका छन् ।
मुख्यमन्त्रीको हैसियतले एक प्रेस विज्ञप्ति जारी गर्दै उनले विभिन्न भाषाभाषी, विभिन्न सँस्कार सँस्कृति हुँदाहुँदै मधेशी समुदाय उपर सम्प्रादायिक मानसिकताले आक्रमण गरेको भन्दै कारवाहीको लागि सिफारिस गरेका छन् ।
नेपाल प्रिमियर लिगमा त्रिभुवन विश्वविद्यालयको अन्तराष्ट्रिय क्रिकेट रँगशाला बाहिर मधेशी समुदायका युवकहरुलाई हेरी हेरी कुटपिट गरेको भिडियोहरु सार्वजनिक भएको छ भने घाईतेहरु अझै अस्पतालमा उपचाररत रहेका छन् ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…