किर्तिपुर क्रिकेट रँगशालामा जनकपुर बोल्टसका समर्थकहरु मधेशका पहिरनमा जाँदै
मैदान बाहिर मधेशी समुदायलाई केही उच्छृँगल मानिसहरुले धोती भनेर हेप्ने प्रवृति बढेको भन्दै आफ्नै मौलिक पहिरनमा मैदानमा जाने निधो गरेको हो ।

२०८१ पुस ६ शनिबार, बिहान १०:०३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल प्रिमियर लिगमा आज हुने फाईनल खेलमा जनकपुर बोल्टस्का समर्थकहरुले आफ्नो मौलिक पोशाकमा जाने तयारी गरेका छन् ।
किर्तिपुर मैदानमा आफ्नो मन परेका टीमलाई समर्थन गर्न मधेशको पहिरन धोती, कुर्ता, पगडी, गम्छा लगाएर जाने भएका छन् । आज सुदुरपश्चिम रोयल्स र जनकपुर बोटल्सबीच फाईनल खेल हुँदैछ ।
नेपाल प्रिमियर लिगको फाइनल खेल रोमाञ्चक हुने भन्दै टिकट एक दिनमै सबै बिक्री भएको हो । नेपालको ८ वटा टिमले सहभागीता जनाएकोमा ६ वटा बाहिर भएपछि सुदुरपश्चिम र जनकपुुर फाइनलमा गएको हो ।
मैदान बाहिर मधेशी समुदायलाई केही उच्छृँगल मानिसहरुले धोती भनेर हेप्ने प्रवृति बढेको भन्दै आफ्नै मौलिक पहिरनमा मैदानमा जाने निधो गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…