न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल प्रिमियर लिगमा आज हुने फाईनल खेलमा जनकपुर बोल्टस्का समर्थकहरुले आफ्नो मौलिक पोशाकमा जाने तयारी गरेका छन् ।
किर्तिपुर मैदानमा आफ्नो मन परेका टीमलाई समर्थन गर्न मधेशको पहिरन धोती, कुर्ता, पगडी, गम्छा लगाएर जाने भएका छन् । आज सुदुरपश्चिम रोयल्स र जनकपुर बोटल्सबीच फाईनल खेल हुँदैछ ।
नेपाल प्रिमियर लिगको फाइनल खेल रोमाञ्चक हुने भन्दै टिकट एक दिनमै सबै बिक्री भएको हो । नेपालको ८ वटा टिमले सहभागीता जनाएकोमा ६ वटा बाहिर भएपछि सुदुरपश्चिम र जनकपुुर फाइनलमा गएको हो ।
मैदान बाहिर मधेशी समुदायलाई केही उच्छृँगल मानिसहरुले धोती भनेर हेप्ने प्रवृति बढेको भन्दै आफ्नै मौलिक पहिरनमा मैदानमा जाने निधो गरेको हो ।
एक महिने मकर मेलाको १३ लाख रुपैयाँमा ठेक्का, आईतबारदेखि माघ महिनाभरि मेला
- २०८१ पौष ६ शनिबार
न्यूज ब्यूरो, जनकपुरधाम । प्रत्येक बर्ष धनुषामा लाग्ने मकर मेलाको तयारी पूर्णरुपमा गरिएको छ । आउँदो आईतबारदेखि लाग्ने मेलाको लागि यसपाली करिब १३ लाख रुपैयाँमा ठेक्का लगाइएको छ । विहिबार बसेको
पूरा पढ्नुहोस्