जनकपुरको अवस्था सुधारको लागि अग्रसर भएका हौँ : युवा नेता यादव
न्यूज ब्यूरो | जनकपुरधाम, १२ असार । मधेस क्रान्ती फोरम धनुषाका सँयोजक एवम युवा नेता नविन यादवले जनकपुर सुधारको लागि अग्रसर भएको बताएका छन् । उनले जनकपुर उपमहानगरपालिकालाई विरोध नगरेर नगरपालिकाको काम कारवाहीप्रति असन्तुष्टता जनाउँदै स्वच्छ काम कारवाहीको लागि सँघर्ष गरेको बताएका छन् । "हामीले जनकपुर उ

२०७५ असार १२ मंगलबार, दिउँसो १२:४५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, १२ असार । मधेस क्रान्ती फोरम धनुषाका सँयोजक एवम युवा नेता नविन यादवले जनकपुर सुधारको लागि अग्रसर भएको बताएका छन् ।
उनले जनकपुर उपमहानगरपालिकालाई विरोध नगरेर नगरपालिकाको काम कारवाहीप्रति असन्तुष्टता जनाउँदै स्वच्छ काम कारवाहीको लागि सँघर्ष गरेको बताएका छन् ।
"हामीले जनकपुर उपमहानगरपालिका जनकपुरलार्इ बिरोध गर्न गैरहेका होइनौ, न कुनै व्यक्ति, कर्मचारी न मेयर लार्इ नै टारगेट गरेर बिरोध गर्न लगेका हौं । हामीले गरिरहेको संघर्ष काम कारवाही भनेको जनकपुर उपमहानगरपालिकाको अवस्था सुधारको निम्ती हो।" उनले जारी गरेको डिजिटल प्रेस विज्ञप्तिमा उल्लेख छ ।
नगर भित्र हुने गरेको लापारवाही र अव्यवस्थाका जिम्मेवार केहि ईन्जिनियर र ओवेर्सियरले गर्ने गरेको भन्दै उनीहरुले आफ्नो व्यक्तिगत व्यापारको प्रयोजन जस्तै व्यवहार तथा कार्य गरेको भन्दै विरोध गरेको बताएका छन् ।
उनले यस्ता विकास विरोधी कार्यविधिलाई विगतदेखि नै विरोध गर्दै आएको भन्दै सार्वजनिक चासोको विषयमा आवाज उठाउने बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…