धनुषाधाम वडा नं. १ को वडाध्यक्षको लागि मतदान सम्पन्न, ७ बजेदेखि मतगणना सुरु हुने
सर्वदलिय बैठक बसेपछि मतगणना सुरु हुने जनाइएको छ । बेलुकी ७ बजेदेखि नै मतगणना सुरु हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसअघि नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्षको निधन भएपछि उपनिर्वाचन गराएको हो । सो वडामा नेपाली काँग्रेसको पक्कड बलियो रहेको छ ।

२०८१ मंसिर १६ आइतबार, बेलुकी ६:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर १ को लागि मतदान प्रक्रिया सम्पन्न भएको छ । वडाध्यक्षको निधन भएपछि निर्वाचन आयोगले धनुषाधाम नगरपालिका वडा नम्बर १ को लागि उपनिर्वाचन गराएको हो ।
साँझ ५ बजेसम्म कुल मतदाता २ हजार २ सय ९८ मतदाता रहेकोमा २ हजार ७८ मतदान भएको हो । मतदान सम्पन्न भएपछि सर्वदलिय बैठक बस्ने तयारी गरिएको हो ।
सर्वदलिय बैठक बसेपछि मतगणना सुरु हुने जनाइएको छ । बेलुकी ७ बजेदेखि नै मतगणना सुरु हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यसअघि नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्षको निधन भएपछि उपनिर्वाचन गराएको हो । सो वडामा नेपाली काँग्रेसको पक्कड बलियो रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…