सिरहामा मोसा दुर्घटना हुँदा एक युवक ठहरै, दुई गम्भिर घाईते

२०८१ मङ्सिर १५ शनिबार
बेलुकी ६:४७ बजे
न्यूज ब्यूरो, डेस्क
FILE PHOTO

न्यूज ब्यूरो, सिरहा । सिरहा नगरपालिका वडा नम्बर ९ गुलरियामा अनियन्त्रित भएर मोटरसाइकल दुर्घटना हुँदा एक युवकको घटनास्थलमै मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

मृत्यु हुनेमा सिरहाको नवराजपुर गाउँपालिका वडा नम्बर १ तामासुइयाका ३२ वर्षीय रंजित मुखिया छन् । उनीसँगै मोटरसाइकलमा सवार सोही ठाउँका ३५ वर्षीय अरबेन्द्र यादव र ३७ वर्षीय रामबाबु साह घाइते भएका छन् ।

मोटरसाइकलको नम्बर खुल्न नसकेको र अबेर राति दुर्घटनामा परेको हो । स्थानीय र प्रहरीले घाइते दुबै जनालाई प्रादेशिक अस्पताल सिरहा पुर्याएका थिए । तर त्यहाँ उपचार सम्भव नभएपछि विराटनगरको न्यूरो अस्पताल लगिएको छ ।

घाइते दुबै जनाको अबस्था गम्भीर छ । उनीहरुको टाउँकोमा चोट लागेको छ । चोहर्वातीरबाट सिरहा सदरमुकाम पुग्न लाग्दा चार लेन समाप्त भएर सडक साघुँरो भएको ठाउँमा दुर्घटना भएको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%
  • 0%

आफ्नै धर्म–संस्कृति बचाउन असक्षम, असफल ‘हिन्दु सम्राट नेपाल’

  • २०८१ मङ्सिर १५ शनिबार

जनकपुरधामलाई मिथिला–मधेशको धार्मिक राजधानी मानिन्छ । राम–सीताको विवाहस्थल, जानकी मन्दिर, १२ बर्से मेला, छठ, झिझिया, विद्यापति पर्व जस्ता परम्परागत सांस्कृतिक कार्यकम यहाँका पहिचान हुन् । यही पवित्र नगरीमा सहरकै आत्मा

पूरा पढ्नुहोस्

Bureau Menus